Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जनप्रतिनिधिको एक वर्षे उपलब्धि सार्वजनिक

Author Avatar साझा न्यूज 21st May 2023 , 1:50 PM
जनप्रतिनिधिको एक वर्षे उपलब्धि सार्वजनिक

पाल्पा, जेठ ७ गते । तानसेन नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुको एक वर्षीय उपलब्धि सार्वजनिक गरिएको छ । तानसेन नगरपालिकामा एक वर्षअघि निर्वाचित हुनुभएका जनप्रतिनिधिको नेतृत्वमा भएका पच्चिस उपलब्धिहरू सार्वजनिक गरिएको हो ।

तानसेन नगरपालिकाले एक वर्षको अवधिमा दैनिक प्रवाह हुने सेवामा सुधार गरेको र पारदर्शीता कायम गरेको जनाएको छ । नगरको स्रोत र साधनलाई व्यवस्थापन गर्दै राजश्व सङ्कलनलाई वृद्धि गरेको, वर्षौदेखि समस्याका रुपमा रहेको ५७ वटा घरटहरा हटाएको, विद्यार्थी सङ्ख्या कम भएका १४ वटा विद्यालयलाई समायोजन गरेको नगरपालिकाले जनाएको छ ।

यस्तै, श्रीनगर र रानीमहल क्षेत्रमा आफ्नै कर्मचारी खटाएर विगतको तुलनामा चार गुणा बढी राजश्व सङ्कलन गरेको, नदीजन्य पदार्थ चोरी निकासीबाट ४२ लाख बढी राजश्व असुल गरेको नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रेम दिवसमा रानीमहल दरबारलाई ब्रान्डिङ गरेको दावी प्रमुख श्रेष्ठले गर्नुभयो ।

तानसेनभित्रका समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन तथा सहकारी संस्थालाई विधि र पद्दति ल्याउन काम अगाडि बढाएको, तीन वटा वडा कार्यालयलाई व्यवस्थित बनाएको, आर्थिक गतिविधि चलायमान बनाउन तानसेनका विभिन्न वडामा सडक महोत्सव गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकाले विपन्न समुदाय तथा अपाङ्गता भएका, एकल पुरुषका लागिसमेत मासिक भत्ता प्रदान गरेको जनाएको छ ।

एक वर्षका अवधिमा नगरपालिकाले नगरका नागरिकको हितलाई ध्यानमा राखेर काम गरेको उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी निर्वाचित भएपछि एक वर्षको अवधिमा नगरबासीको हितमा काम गरेका छौँ ।

तानसेन नगरको पर्यटन विकास, सामाजिक, आर्थिक विकास तथा पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि गरेको उहाँले बताउनुभयो । तानसेन नगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि गरेका कामबारे नगरबासीले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज