Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै


अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

कैलाली । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुई सयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वनक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए ।
उनका अनुसार विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सूचना जारी गरिएको छ । उनले कैलालीको सबैभन्दा ठूलो वसन्ता वन क्षेत्रमा व्यापक अतिक्रमण भएकाले सो स्थानमा अतिक्रमण खाली गर्न पत्राचार गरिएको बताए ।

यसैगरी कैलालीको चुरे गाउँपालिका–४ पनेरुवा र टाकगडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको छ । डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको जनाएको छ ।

टाकगडाका एक सय ३५ टहरा डोजर लगाएर भत्काइएको डिभिजन वन कार्यालयका अधिकृत डबल बोहराले जानकारी दिए । उनले चुरे–४ पैनेरुवामा समेत तीन सय ५० टहरा भत्काइएको बताए । सो क्षेत्रमा ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको जनाइएको छ । चुरे फेदीको टाकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका थिए ।

बोहराले भने, ‘पहिलेदेखि नै हामीले पटकपटक गोदावरी र चुरेका डाँडामा भइरहेको वन अतिक्रमण हटाएका थियौँ, तर हटाएको भोलिपल्ट नै आएर बसिहाल्छन्, यसअघि पनि वन कार्यालयले सोही स्थानमा पटकपटक भौतिक संरचना भत्काउँदै आएको थियो ।’

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्नेक्रम बढेको स्थानीयको भनाइ छ ।
सो क्षेत्रमा बाढीपीडित तथा सुकुम्बासीका नाममा जङ्गल छेउमा बस्दै आएका पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । डिभिजन वन कार्यालयका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको छ ।

देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको बताइएको छ । यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

भर्खरै प्रकाशित

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

डुबेर छ जना र विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

सिन्धुलीमा सर्पले डसेर सँगै सुतेका दाजुभाइको मृत्यु

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

‘अनुपयुक्त व्यवहार’ गरेपछि जापानका प्रधानमन्त्रीद्वारा निजी सचिव रहेका छोरा बर्खास्त

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

सन्दीपको पक्षमा माइतीघरमा प्रदर्शन, फैसला छिटो गर्नुपर्ने माग

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि