Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सदरमुकाममा पानीको समस्या

Author Avatar साझा न्यूज 22nd May 2023 , 10:14 AM
सदरमुकाममा पानीको समस्या

रुकुमपश्चिम, जेठ ८ गते । जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन ।

निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।

मुसीकोट नगरपालिका–१ का अनिल बुढाले हप्ता दिनयता घरमा जडान गरिएको खानेपानी धारामा पानी आउन छोडेको बताउनुभयो । सदरमुकाममा खानेपानीको अभाव भएपछि सहिद मैदान र टटेलामा रहेका धारामा पुगेर स्थानीयले पानी ल्याउन बाध्य भएको बताइन्छ ।

खानेपानीको अभाव हुन थालेपछि खलङ्गामा डेरा गरी बस्ने विद्यार्थी, कर्मचारी र व्यापारी थप प्रभावित भएका छन् । टाढा पुगेर पानी बोक्नुपर्ने भएकाले उनीहरू समस्यामा परेका हुन् ।

सदरमुकाममा खानेपानी वितरण गर्दै आइरहेको मुसीकोट खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मुख्य पाइपलाइनमा समस्या आएकोले पानी आपूर्ति हुन नसकेको जनाएको छ ।

संस्थाका महासचिव महेन्द्र गौतमका अनुसार जिल्ला हुलाक कार्यालयनजिकै बाटो र घर निर्माण गरिरहेकाले बारम्बार माटो फालिदिने गरेकाले पाइप भाँचिएको छ । जसका कारण मुसीकोटको खलङ्गा बजार, कारागार, सेरिगाउँ, सल्ले पीपलनेटा, रावलबारा, ढाङ्गीचौर, मठलगायतका क्षेत्रमा खानेपानीको समस्या देखा परेको हो । एकीकृत कार्यालय भवन निर्माण, सडक निर्माण र केही व्यक्तिका घर बनाउने व्रmममा जथाभाबी माटो फालिएपछि खानेपानीको पाइपलाइनमा क्षति पुगेको हो ।

महासचिव गौतमले पाइप मर्मतको सामग्री काठमाडौँबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भएको बताउनुभयो । संस्थाले मुसीकोटका एक हजार ५६ घरधुरीमा खानेपानी वितरण गर्दै  आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज