तौलिहवा, जेठ ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले तिलौराकोटको छुट्टै गुरुयोजना बनाएर विकास गर्नु पर्ने बताउनु भएको छ । उहाँले कपिलबस्तु जिल्लामा रहेका ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरुको अवलोकन भ्रमण गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।
‘सकिन्छ भने लुम्बिनीको गुरुयोजनामा कसरी समेटिन्छ भनि सक्ने पहल गरिने छ’ उहाँले भन्नुभयो ‘भएन भने तिलौराकोटको छुट्टै गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो ।’ तिलौराकोटको आफ्नै एउटा महत्व रहेकोले यसको विकास चाडै भन्दा चाडै गर्नु पर्ने उहाँले बताउनुभयो । ऐतिहासिक एवम् पुरातात्विक वस्तुले तिलौराकोटको पुष्टि गरिसकेकोले विकासमा ढिलाई नगर्नु पर्ने राज्यमन्त्री श्रीपाली ठकुरीले बताउनुभयो ।
बुद्धले २९ बर्ष विताएको ठाँउको जुन स्तरबाट विकास हुनु पर्ने हो त्यो स्तरबाट नभएको उहाँको भनाई छ । तिलौराकोटको विकास नहुनु हामी सबै र राष्ट्रको लागि दुर्भग्य रहेको राज्य मन्त्री श्रीपाली ठकुरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विश्वले कृत्रिम बनाएर आफ्नो पहिचान खोजिरहेको र हामी संग तथ्य सहित प्रकृतिक सम्पदाहरु रहेपनि विकास हुन सकेको छ्रैन् ।’
तिलौराकोटलाई सरकारले आर्थिक बर्ष ०८०। ०८१को निति तथा कार्यक्रममा विश्व सम्पदा सूचिमा सुचिकृत गर्न प्रस्ताव गरिने उल्लेख गरेको छ ।
उहाँले तिलौराकोट, गोटिहवा, कुदान लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्नु भएको हो । सो स्थालको ऐतिहासिकता, प्राचिनता र हाल सो क्षेत्रमा भएको उत्खनन लगायतको बारेमो लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिले जानकारी गराएका थिए ।
बुद्धले २९ बर्ष विताएको ठाँउ तिलौराकोट, क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा र कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तु आउँदा आफ्ना मातापिता तथा परिवारलाई भेट गरेको स्थान हो ।