Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सात वर्षदेखि ठेकेदार बेपत्ता तामाकोसी नदीको पुल अलपत्र

Author Avatar साझा न्यूज 23rd May 2023 , 10:14 AM
सात वर्षदेखि ठेकेदार बेपत्ता तामाकोसी नदीको पुल अलपत्र

दोलखा, जेठ ९ गते । दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।

जिल्लाका चार वटा पालिकाको मुख्य राजमार्ग लामो साँघु– जिरी सडक खण्ड अन्तर्गत पर्ने तामाकोसी पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । चार वटा स्थानीयलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने यो पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । आयु सकिसकेकाले जीर्ण पुल कति बेला ढल्छ भन्ने यकिन छैन । जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन् ।

जिल्लाको सदरमुकाम चरिकोट हुँदै मैना पोखरी, जिरी,तामाकोसी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय राजनकुमार दाहालले बताउनु भयो ।

दाहालले भन्नु भयो,चरिकोट जिरी सडकसँगै निर्माण होला कि भन्ने, आशा गरेको पुल सडक निर्माण सकिएको तीन वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा रहेको छ । २०७४ सालमा ठेक्का सम्झौता भएको चरिकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्ष अघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठुला सवारी ओहोरदोहोर गर्नु परेको छ ।

ठेकेदारको लापरबाहीका कारण अहिले सो नदीको पुल अलपत्र अवस्थामा छ । जिल्लाको भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका,तामाकोसी गाउँपालिका,जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिका समेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनैतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो रहेको छ ।

पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हिजोआज सम्पर्क विहीन छ । सरकारले कोरोना भाइरसले पुल निर्माण प्रभावित बनेको भन्दै दुई पटक समय थप गरिदिँदा समेत अझै पुल निर्माण हुन सकेको छैन । करिब ४० वर्षअघि चरिकोट जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ । पुरानो पुल जीर्ण अवस्थामा पुग्दा समेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीय डम्बर चौलागाईँले  दुखेसो पाेख्नु भयो  ।

निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउन सकेको छैन । समयमा पुल निर्माण नहुँदा तामाकोसी, जिरीमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामना यहीँ पुरानो जीर्ण अवस्थामा पुगेको पुलबाट नै ढुवानी हुँदै आएको छ ।

वर्षा लागेसँगै तामाकोसी नदीमा पानीको अत्यधिक वहाव बढ्ने गर्छ । वर्षामा नदीबाट सवारी ओहोरदोहोर गर्न नसक्ने हुँदा पुलले क्षमताभन्दा बढी लोड बोकेर दैनिक सवारी ओहोरदोहोर गरिरहेका छन् । सम्बन्धित निकायको ध्यान जान नसकेकोमा स्थानीयहरू चिन्तित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज