Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय प्रसारणमा जोडिँदै ५३ किलोवाट विद्युत


राष्ट्रिय प्रसारणमा जोडिँदै ५३ किलोवाट विद्युत

सुर्खेत, जेठ  ९ गते । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो ।

बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिनुभयो ।

यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन् । तीन स्थानबाट विद्युत् उत्पादन गरेर बाबियाचौर र आसपासका क्षेत्रमा विद्युत् सेवा दिइरहेका साना जलविद्युत् बन्द गरिएको उहाँले बताउनुभयो । बिस किलोवाट माथिका आयोजना राष्ट्रिय प्रसारणमा जोड्न सकिने सङ्केत विद्युत् प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षीय सम्झौता गरिएको छ ।

विसं २०६५ मा बाबियाचौर लघुजलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको काम थालेको थियो । सोही खोलाबाट थप दुई वटा आयोजना पनि निर्माण गरिएकामा विद्युत् उत्पादन कम भएपछि बन्द गर्ने तयारी गरिएको ती आयोजनाले जनाएका छन् ।

“तत्काल विद्युत्को राष्ट्रिय लाइन बाबियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,” व्यवस्थापक बुढाले भन्नुभयो, “५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर बोलपत्र गरिसकेका छौँ ।”

राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, उक्त आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ । यसका लागि आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले व्यहाेर्ने उल्लेख छ ।

लागत खर्चमा आयोजनाको २२दशमलव ३५ प्रतिशत र केन्द्रको ७७दशमलव ६५ प्रतिशत (आयोजनाले रु १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ३१) व्यहोर्ने आयोजनाका व्यवस्थापक बुढाले बताउनुभयो ।

राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादित विद्युत् जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्ने भएकामा उक्त आयोजनाको पूर्णकालीन क्षमता ५३ किलोवाट भए पनि सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

“राष्ट्रिय प्रसारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचना थप्नुपर्ने देखिएको छ,” आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भन्नुभयो । उहाँका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने गरी काम थालिने छ । आयोजनाले विद्युत् बिक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ ।

करिब चार सय घरधुरीमा करिब ११ वर्षसम्म बाबियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला लघु जलविद्युत् आयोजना बन्द गरिएको छ । चौबिस किलोवाट क्षमताको उक्त जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत् सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघुजलविद्युत (क) बाट ५३ किलोवाट, (ख)बाट १५ किलोवाट र (ग) बाट १० किलोवाट विद्युत् उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिब एक हजार तीन सय ८२ घरधुरी लाभान्वित छन् ।

यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोटलगायतमा विद्युत उपलब्ध गराइएको छ । ‘वषौँंसम्म पश्चिमका नागरिक विद्युत्को राष्ट्रिय पहुँच बाहिर थिए । “स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौँ,” उक्त आयोजनाका अध्यक्ष शाहीले भन्नुभयो ।

“स्थानीय उत्पादनले ठुलो कलकारखाना पर्याप्तता चलाउन सकस थियो । टुकीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका बासिन्दालाई सकेसम्म उज्यालो बनाउने कोसिस गरेका थियौँ । ढिलै भए पनि राष्ट्रिय प्रसारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,” उहाँले जोड दिनुभयो  ।

हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत् प्रवाह भइरहेका पोल र तारबाट बाबियाचौर आसपासमा विद्युत् लाइन सञ्चालन गरेको छ । सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघुजलविद्युत् र गुटमा सोलार प्यानलबाट विद्युत्को पहुँच पुर्‍याएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत् उत्पादनका लागि सर्वेक्षण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

भर्खरै प्रकाशित

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ जना घाइते

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि