Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि ६६ टावर जडान

Author Avatar साझा न्यूज 12th July 2023 , 12:18 PM
तनहुँ जलविद्युत आयोजना : प्रशारण लाइन निर्माणका लागि ६६ टावर जडान

तनहुँ, असार २७ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि ६६ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत् प्रशारण लाइन निर्माणका लागि हालसम्म सो सङ्ख्या पुरा भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजाभाई शिल्पाकारले जानकारी दिनुभयो ।

टावर फाउण्डेशन कार्य अन्तिम चरणमा पुगको समेत उहाँले जानकारी दिनुभएको हो । प्रशारण लाइन निर्माणका लागि टावर राख्ने तनहुँ र चितवनको जग्गाको मुआव्जामा निर्धारण भई वितरण समेत ९८ प्रतिशत पुरा भएको शिल्पाकारले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रशारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिने छन् । प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।

प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिएको छ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिएको हो । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा केही ढिलाइ भएको हो ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत् १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति गर्ने लगायतका काम भइरहेका छन् ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण लगायत अन्य काम दोस्रो प्याकेजमा सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । विद्युत उत्पादनको पहिलो १० वर्षसम्म वार्षिक औषत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज