Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लम्पी स्किन नियन्त्रण गर्न गोठ-गोठमा पशु प्राविधिक

Author Avatar साझा न्यूज 12th July 2023 , 12:40 PM
लम्पी स्किन नियन्त्रण गर्न गोठ-गोठमा पशु प्राविधिक

दोलखा, असार २७ गते । पछिल्लो समय दोलखामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिएको छ । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखाका ९ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् ।

लम्पी स्किन रोगले गाईवस्तु मर्न थालेपछि दोलखाको मेलुङ गाउँपालिकाले लम्पी स्किन रोग विरुद्ध कृषक गोठ अभियान सुरु गरेको छ । केहीमा नै यो रोगले महामारी रुप लिन थालेपछि सो विरुद्ध कृषक गोठ अभियान सुरु गरिएको मेलुङ गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भेटेनरी डाक्टर विज्ञ टिमसहित कृषक गोठ अभियान अध्यक्ष हिरा कुमार तामाङको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीबाट र उपाध्यक्ष गायत्री आचार्यको नेतृत्वमा मेलुङ गाउँपालिका वडा नम्बर ७ बाट अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ । मेलुङ गाउँपालिका भरी हालसम्म तीन सय पशुमा यो रोग प्रमाणित भएको छ भने पाँचभन्दा बढी पशुको मृत्यु भएको छ ।

यो रोग केहि दिनदेखि तीव्र गतिमा फैलिएको मेलुङ गाउँपालिकाका प्रवक्ता नवराज खड्काले बताउनुभयो । हालसम्म यो रोग विरुद्ध नौं सय पशुलाई खोप लगाईसकिएको र खोपलाई तीव्र रुपमाअघि बढाउने योजना रहेको खड्काको भनाइ छ ।

गाउँपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेर सुरु गरेको सो कार्यक्रमले रोग नियन्त्रणका लागि आवश्यक औषधि समेत वितरण गरिएको अध्यक्ष हिराकुमार तामाङले बताउनुभयो । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन । खोपको स्विकृत पाएसँगै पालिकाले २ हजार खोप खरिद गरिसकेको उहाँले बताउनुभयो ।

लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्धति महङ्गो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिक भार पर्ने भएकाले पालिकाले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको अध्यक्ष तामाङले बताउनुभयो । उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका प्राविधिकहरुलाई किसानको गोठगोठमा खटाएर लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् । काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ ।

लम्पी स्किन रोग लागेका गाईबस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना-ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् । यसका साथै कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज धेरै निकाल्ने,‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज