Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीनगरमा खानेपानीको हाहाकार

Author Avatar साझा न्यूज 12th July 2023 , 12:46 PM
श्रीनगरमा खानेपानीको हाहाकार

हुम्ला, असार २७ गते । दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार हुन थालेको छ । श्रीनगरलाई खानेपानी आपूर्ती हुँदै आएको खोलाको मुहानमा वर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दा श्रीनगरमा समस्या देखिएको हो ।

श्रीनगरका स्थायी बासिन्दा चित्र भण्डारीले जिल्ला कै घना बस्तीमा पर्ने गाउँपालिका केन्द्र श्रीनगरमा हाल खानेपानीको समस्या चरम रुपमा देखिएको बताउनुभयो । उहाँले सार्वजनिक धारामा आधा घण्टा मात्र पानी आउने भएको कारण पानी भर्नका लागि चौबीसै घण्टा पानी भर्ने ग्यालेन लाईनमा राख्नु परि रहेको बताउनुभयो ।

खानेपानीको अन्य विकल्प नभएपछि घरको एक जना मानिसको कामै लाईनमा बसेर पालो आएको बेला पानी भर्ने रहेको बताउदै उहाँले जति समय लागेपनि लाईनमा बसेर पानी भर्नुको अन्य विकल्प नभएको बताउनुभयो । पानी भर्नकै लागि उपभोक्ताहरुले राती एक दुई बजे उठेर ग्यालेन लाईनमा राख्नुपर्ने बाध्यता छ ।

मानिसका लागि मात्र नभएर पशुबस्तु समेत सोही धाराबाट पानी पिउने गर्छन् । अर्की स्थानीय जानकी फडेराले पानीको समस्याको कारण ग्यालेनमा भरेर ल्याएको पानी बचत गरेर खर्च गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । चार जना परिवार भएको उहाँको घरमा दैनिक एक गाग्री पानी मात्रै पाइरहेका छन् । उहाँले बर्खा लागेपनि मुहानमा पानीको समस्या भएको कारण यस वर्ष बढी नै खानेपानीको समस्या भोग्नु परि रहेको बताउनुभयो ।

हाल श्रीनगरसम्म सडक निर्माण भएको कारण कर्णाली करिडोरको गल्फागार्ड खोबाट समेत ग्यालेनमा पानी भरेर ओसार्ने गरिएको छ । पाँच सयभन्दा बढी घरधुरी रहेको श्रीनगरमा प्रहरी, कर्मचारीहरुका लागि जम्मा तीन वटा सार्वजनिक धाराहरु रहेका छन् । त्यसैबाट सवै पानीको व्यवस्था गर्नुपर्ने बाध्यता उपभोक्तामा रहेको छ ।

अदानचुली गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा एक घर एक धाराको व्यवस्था गर्ने लिएको भएपनि त्यसले पूर्णता पाउने कुरामा उपभोक्ता आशावादि देखिनुभएको छ । हाल श्रीनगरका लागि ल्याईएको खानेपानी पनि अर्को वडाको श्रोत रहेको छ । जसले गर्दा दुई वडाकाबीच बेला बेला विवाद समेत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज