Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जन्मसिद्धका आधारमा बारामा ३५ हजारले नयाँ नागरिकता पाउने

Author Avatar साझा न्यूज 12th July 2023 , 1:25 PM
जन्मसिद्धका आधारमा बारामा ३५ हजारले नयाँ नागरिकता पाउने

बारा, असार २७ गते । नयाँ नागरिकता ऐन अनुसार बारा जिल्लाबाट करिब ३५ हजार व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन् । जन्मसिद्धको आधारमा यस जिल्लाबाट नागरिकता पाउनेको सङ्ख्या करिब ३५ देखि ३६ हजार हुने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

०६३ सालमा बारा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रति एक परिवार ३–४ जना सदस्य मात्रैले नागरिकता लिँदा पनि ३५ हजार बढीले जन्मसिद्ध नागरिकता पाउने आकलन गरिएको उहाँले बताउनुभयो । जन्मसिद्ध नागरिकका सन्तानलाई प्रशासन कार्यालयले असार १० गतेदेखि जन्मसिद्ध नागरिकताको प्रमाण–पत्र वितरण सुरु गरेकोमा हालसम्म छ सय जनाले सो नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

सुरुमा दैनिक ५० वटाको दरले टोकन वितरण गरे पनि पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएकोमा आगामी २ महिनासम्मको लागि टोकन बुक (रिजर्भ) भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सिमरा, कोल्हवी र सिम्रौनगढ इलाका प्रशासन कार्यालयबाट पनि जन्मसिद्ध नागरिकता वितरण भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिका ७ बाट सबैभन्दा धेरै सिफारिस आएको इलाका प्रशासन कार्यालय सिमराले जनाएको छ ।

नागरिकता लिन आउनेहरुमध्ये अधिकांशको बसोबास गरेको जमिनको धनीपुर्जा नभएको, धारा, विद्युत् शुल्क तिरेको रसिद र जग्गा जमिन नभएकाहरु पनि नागरिकता लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।

२०६३ सालमा जन्मसिद्ध नागरिकता लिएर पनि नेपालमा बसोबास भएको कुनै प्रमाण नभएकाहरु पनि नागरिकता लिन आउने गरेको छ । नागरिकता विधेयकमा रहेको त्रुटिका कारण धेरै व्यक्तिहरु नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित भएको उहाँले बताउनुभयो ।

अहिलेको विधेयक अनुसार बाबुआमामध्ये एकको नागरिकता नलिई मृत्यु भएका खण्डमा तीनका सन्तान नागरिकता लिनबाट वञ्चित हुनेछन् । यस्तो अवस्थामा नागरिकताको प्रमाणपत्र दिन समस्या भएको र त्यस्ताहरुको हकमा आफूहरुले गृह मन्त्रालयमा पत्र लेखेर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज