काठमाडौँ, साउन ७ गते । नेपाल प्रहरीले ७२ जना प्रहरी वरिष्ठ नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । जनपद प्रहरी समूह तर्फ ६४ जना, प्राविधिक समूह इन्जिनियरिङ तर्फ छ जना, स्वास्थ्य तर्फ दुई जना गरी ७२ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो ।
साउन ६ गते बसेको बढुवा समितिको बैठकले बढुवामा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव समेत रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।