Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्क्यानर मर्मत नहुँदा हातैले लगेज चेकजाँच

Author Avatar साझा न्यूज 24th July 2023 , 1:14 PM
स्क्यानर मर्मत नहुँदा हातैले लगेज चेकजाँच

खजुरा, साउन ८ गते । नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउन भनेर ल्याइएको लगेज स्क्यानर मेसिन बिग्रेको बर्षौं भइसक्यो । भन्सार कार्यालयले मेसिन मर्मत नगर्दा यात्रुको लगेज चेकजाँचमा समस्या भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको नेपाल–भारत सीमाक्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा राखिएको सो लगेज स्क्यानर मेसिनको मर्मत नहुँदा अलपत्र परेर थन्किएको छ ।

दैनिक हजारौंको संख्यामा सर्वसाधारण यात्रुहरु नेपालबाट भारततर्फ पैदल र भारतबाट नेपालतर्फ आउजाउ गर्ने उक्त नाकामा मेसिन बिग्रदा भन्सार कर्मचारी र शसस्त्र प्रहरीले सामानहरु हातले छामछुम पार्दै छाड्ने गरेका छन् ।

नेपालबाट भारततर्फ जाने सर्वसाधारणका लागि भने पारीपट्टी भारतीय एसएसबीले राखेको स्क्यानरमा मालसामान चेकजाँच गराउने व्यवस्था छ । एसएसबीले मालसमानको मात्र नभएर प्रत्येक व्यक्तिका लागि अलग्गै स्क्यानरको व्यवस्था गरेको छ । एकातिर मालसामानको स्क्यानिङ हुन्छ भने अर्कोतिर व्यक्तिको चेकजाँच हुन्छ ।

वारी नेपालपट्टी भने भारतबाट नेपाल आउने सर्वसधारणका मालसामान भएका झोला, पोका पुन्तुराहरु भन्सार कर्मचारी र शसस्त्र प्रहरीका कर्मचरीले हातैले छामछुम गरेर नेपाल भित्रिन्छन् ।

सीमानाकाको संवेदनशीलतालाई बुझेर भन्सार परीक्षणलाई पारदर्शी, सरल तथा सहजता दिन भन्दै भन्सार विभागले ४–५ वर्ष अगाडि नेपालगन्ज भन्सार कार्यालयलाई सो लगेज स्क्यानर मेसिन खरीद गरी पठाएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार उक्त मेसिन जमुनाहा नाकास्थित भन्सार कार्यालयको यात्रु आगमन कक्षमा लगेर राखियो तर सञ्चालनमा आएको केही समयपछि मेसिन बिग्रियो र हालसम्म मर्मत गरिएको छैन ।

“२०७५–७६ तिर होला भन्सार विभागले उक्त स्क्यानर मेसिन खरीद गरेर यहाँ पठायो । यहाँ ल्याइएपछि जमुनाहस्थित यात्रु आगमन कक्षमा राखियो । केही समयसम्म सञ्चालनमा आयो त्यसपछि बिग्रियो” नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी शर्माले भन्नुभयो ।

“म यहाँ आएको लामोसमय भएको छैन, पहिला किन मर्मत गर्नु भएन त्यो थाहा भएन । तर म आएपछि गत आर्थिक वर्षमा मेसिन मर्मत गर्न विभागमा पत्राचार गरेका छौं” उहाँले भन्नुभयो । यो नाका अत्यन्तै संवेदनशील छ, स्क्यानर मेसिनको अत्यन्तै आवश्यक रहेको उहाँले बताउनुभयो ।

मेसिन मर्मतका लागि गत आर्थिक वर्षमा प्राविधिक ल्याई चेकजाँच गराएको र प्राविधिकले मर्मत सम्भारमा लाग्ने लागत खर्चको स्टिमेट गरेको उहाँले बताउनुभयो । उक्त मेसिन मर्मतका लागि १० लाख रुपियाँ लागत रकम लाग्ने प्राविधिकको अनुमान छ ।

मेशिन बिग्रिएको यत्तिका वर्ष हुँदा समेत मर्मत गराएर सञ्चालनमा नल्याउँदा भन्सार कर्मचारी र शसस्त्र प्रहरीका कर्मचारीलाई दैनिक हजारौं व्यक्तिको सामानहरु छामछुम गर्न सास्ती खेप्नुपर्ने, बढी समय लाग्ने तथा सुरक्षा खतरा एकातिर छ भने गन्तव्यमा छिट्टै पुग्नुपर्ने वाध्यतामा रहेका यात्रुहरुले पनि बेक्कारको झन्झट व्यहोर्नु परेको कर्मचारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज