Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

माथिल्लो चमेलिया जलविद्युतको उदघाटन

Author Avatar साझा न्यूज 24th July 2023 , 4:13 PM
माथिल्लो चमेलिया जलविद्युतको उदघाटन

बैतडी, साउन ८ गते । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि सोमबार उदघाटन गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका –१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका –२ घट्टीगाडमा रहेको ४० मेगावाटको जलविद्युत आयोजनाको सोमबार मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र अपी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले संयुक्त रुपमा उदघाटन गर्नुभएको हो ।

४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निजी क्षेत्रको लगानीमा निर्माण भएको सुदूरपश्चिमकै पहिलो ठूलो आयोजना हो । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको आयोजना लक्षभन्दा छ महिना अघि नै निर्माण सम्पन्न भएको अपी पावर कम्पनीका सञ्चालक सञ्जिव न्यौपानेले बताउनुभयो ।

विद्युत उत्पादन गर्न ८ अर्ब रुपियाँ खर्च भएको अपी पावर कम्पनीका सञ्चालक सञ्जिव न्यौपानेले बताउनुभयो । आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीन वटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणको परीक्षण सफल भएपछि उदघाटन गरेर नियमित विद्युत उत्पादन थालिएको न्यौपानेले बताउनुभयो ।

तीन वर्षे ठेक्का सम्झौता भए पनि तोकिएको समयभन्दा छमहिना अघिनै काम सकिएको पावर हाउस निर्माणको जिम्मा पाएको सिएभी ग्वाल्लेक निर्माण सेवा जेभीका सुरेश चन्दले बताउनुभयो ।

आयोजनाको शुक्रबारदेखि परीक्षण सुरु गरेर सोमबार उदघाटन भएपछि बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १३२ केभी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको अपी पावर कम्पनीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

माथिल्लो चमेलिया जलविद्युत आयोजनाले दार्चुलालाई वार्षिक पाँच करोड रुपियाँ रोयल्टी बुझाउने भएकाले दार्चुला र समग्र मार्मा गाउँपालिकाको विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

अध्यक्ष धामीले निजीक्षेत्रको कम्पनीले दार्चुलाको मार्माजस्तो दुर्गम ठाउँमा आएर ४० मेगावाट विद्युत उत्पादन गर्दा मार्माको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उदघाटन कार्यक्रममा राजनीतिक दलकातर्फबाट माओवादी केन्द्रका नेता नरबहादुर बिष्टले माथिल्लो चमेलिया जलविद्युतले मार्मा गाउँपालिकामा बिजुली पुग्ने आशा जागेको बताउनुभयो ।

चमेलियामा ९६ मेगावाट बिजुली उत्पादन

माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न भएपछि चमेलिया नदीमा उत्पादित बिजुली ९६.५ मेगावाट पुगेको छ । चमेलियाको बलाँचमा ३० मेगावाट, माथिल्लो चमेलियामा ४०, मकरीगाड १० मेगावाट, नौगाड ८.५ मेगावाट र माथिल्लो अपरगाड ८ मेगावाट गरी चमेलिया नदीमा कुल ९५.५ मेगावाट बिजुली उत्पादन सुरु भएको चमेलिया जलविद्युत आयोजना प्रमुख पुरन सोमले बताउनुभयो ।

कालङ्गाको बिजुली चमेलिया ग्रिडमा

बझाङको कालङ्गा नदीमा उत्पादन भएको ५३.७९ मेगावाट बिजुली पनि चमेलिया ग्रिडमा जोडिएको छ । यो सँगै बैतडी, दार्चुला र बझाङबाट १५० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज