Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मानवले कहिलेदेखि शवको अन्त्येष्टि गर्न सुरु गरे ?

Author Avatar साझा न्यूज 26th July 2023 , 2:05 PM
मानवले कहिलेदेखि शवको अन्त्येष्टि गर्न सुरु गरे ?

एउटा अध्ययनले के देखाएको छ भने दुई लाख ४० हजारदेखि पाँच लाख वर्ष पहिले मानव पुर्खाले आफ्ना मान्यजनको शवको नियोजित अन्त्येष्टि गर्न सुरु गरेका थिए, यद्यपि यसमा आमसहमति बन्न सकेको छैन।

माछा मार्ने, चित्रकला बनाउने तथा औजारका रूपमा पाताहरूको प्रयोगसँगै मृतकको नियोजित अन्त्येष्टिलाई ‘होमो सेपियन्स’ र लोप भइसकेका मानव पुर्खाबीचको भिन्नता जनाउने एक परिभाषित विशेषता मानिएको थियो तर एक शताब्दीभन्दा बढी समय भयो आरम्भिक ‘होमिनिन्स’ को चिहानको पुरातात्त्विक खोजले आधुनिक मानवसँग मात्र यस प्रथाको सम्बन्ध रहेको विचारलाई चुनौती दिँदै कहाँ र कहिलेदेखि मानव पुर्खामा शवको अन्त्येष्टि गर्ने प्रथा विकास भयो भन्ने बहस सुरु भएको।

शोखका लागि गुफामा खोजबिन गर्ने एक जोडीले सन् २०१३ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट ४८ किलोमिटर उत्तरपश्चिममा अवस्थित ‘राइजिङ स्टार’ गुफामा ‘होमो नलेडी’ को अवशेष फेला पा-यो। छोटा हात र आधुनिक मानवको भन्दा एक तिहाइ सानो दिमाग भएका ‘होमो नलेडी’ त्यसअघि अन्जान ‘होमिनिन’ थियो। दुई लाख ४० हजार वर्षदेखि पाँच लाख वर्ष पहिले ‘होमो नलेडी’ अस्तित्वमा रहेको अनुमान गरिन्छ। यस खोजको लगत्तै जोहानेसवर्गको विटवाटरस्यान्ड विश्वविद्यालयका पालियोएन्थ्रोपोलोजिस्ट लि बर्गरको टोलीले त्यस भूमिगत गुफामा उत्खनन सुरु ग-यो र त्यस क्रममा कम्तीमा २७ ‘होमो नलेडी’ को हाडखोरका अवशेष उनीहरूले फेला पारे।

सन् २०१५ मा जब बर्गरको टोलीले यस खोजका बारेमा जर्नल इलाइफमा विवरण प्रकाशित गराए। गुफाको गहिराइमा ती अवशेष गाडिएको अवस्थामा थिए। बर्गरको अनुमानमा ‘होमो नलेडी’ ले मृतकको शव त्यहाँ लिएर आई नियोजितरूपमा जमिनमा गाडेका हुन सक्छन्।

गुफाको गहिराइसम्म खोज गरी अनुसन्धान टोलीले के निष्कर्ष निकाले भने ‘होमो नलेडी’ ले त्यस क्षेत्रमा शव लगेर त्यत्तिकै गाड्ने काम मात्र गरेनन् चिहान जनाउन भित्तामा चित्रकलासमेत बनाए।  तर डर्हम विश्वविद्यालयका पालियोलेथिक आर्कियोलोजीका प्राध्यापक तथा होमिनिनको अन्त्येष्टिसम्बन्धी विशेषज्ञ पल पेटिट जस्ता विशेषज्ञ चाहिँ बर्गरको टोलीको दाबीसँग सहमत छैनन्।

उनले भनेका छन् “म यसमा सहमत छैन ‘होमो नलेडी’ नियोजितरूपमा आफ्ना प्रियजनको अन्त्येष्टि गर्दथे। उथलपुथल हुने माटोमा उत्खनन गरिएको छ। कमसल माटोमा त विस्तारै माटोले शव त्यत्तिकै पनि पुरिन्छ।”

त्यसो भए मानवले कहिलेदेखि आफ्ना मान्यजनको अन्त्येष्टिका लागि शव गाड्न थाले ? यो प्रश्न महत्वपूर्ण छ। हजारौँ वर्षको अवधिमा जीवाष्म एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर हुन सक्ने वा अरूले बोकेर लैजाने सम्भावना रहने भएकाले मानवले यस कालखण्डदेखि आफ्ना मान्यजनको शव गाड्न थालेका हुन् भन्न सामान्यतया कठिन छ।

यद्यपि डेढ सय वर्षयता नियान्डरथल (होमो नियान्डरथालेन्सिस) का  कैयौँ चिहान खोजिएको भए पनि नियोजितरूपमा कुन चिहान पहिले तयार पारिएको हो भन्नेमा आमसहमति छैन। तैपनि हालैका केही उत्खनन तथा पहिले खोज गरिएका जीवाष्मको पुनः परीक्षणबाट के प्रमाण जुट्छ भने फ्रान्सको ल च्यापल–ओ–सेन्ट्स, इराकको सानिडर गुफा तथा फ्रान्स कै डोरडोग्नेमा रहेको ल फरासी रकसेल्टरमा नियान्डरथलले जानीबुझी आफ्ना मान्यजनको शव गाडेका थिए।

इजरायलको काफ्जा गुफामा लगभग एक लाख वर्ष पहिले गाडिएको जुन मानव पुर्खाको शव पुरातत्वविद्ले फेला पारेका छन् त्यो नियोजितरूपमा आफ्नो मान्यजनको शवको अन्त्येष्टि गरिएको अहिलेसम्म खोजिएको सबैभन्दा पुरानो प्रमाण हो। इस्वी संवत्को सन् १९३० र १९६० को दशकमा त्यहाँ सञ्चालन गरिएको उत्खननबाट आरम्भिक होमो सेपियन्सका १५ अवशेष फेला पारिएको थियो। हालैको खोजको कुरा गर्ने हो भने सन् २०१३ मा केन्याको तटीय क्षेत्र नजिक पुरातत्वविद्ले करिब ७८ हजार वर्ष पहिलेको मानव अवशेष फेला पारेका थिए, जसको अवस्था हेर्दा त्यसलाई नियोजितरूपमा समाधिस्थ गरिएको स्पष्ट हुन्थ्यो। साढे दुईदेखि तीन वर्ष उमेरको त्यस बच्चाको अवशेष हेर्दा भ्रूणाकार देखिन्थ्यो।

यस प्रकारले आफ्ना मान्यजनलाई समाधिस्थ गर्ने अभ्यास आफ्नो कालखण्डले मात्र बहसको विषय बनेका छैनन्, बरु आजका दिनमा जुन प्रकारको परिचित रीतिरिवाज हामीले अभ्यास गरिरहेका छौँ त्यसको रोचक आरम्भिक उदाहरण पनि बनेका छन्।

‘होमो नलेडी’ ले आफ्ना मान्यजनको शवको नियोजितरूपमा अन्त्येष्टि गर्ने भनी बर्गरले निकालेको निष्कर्षप्रति असमति जनाउने विद्वान्हरूको तर्क के छ भने मानव पुर्खा मात्र होइन अनेक प्रकारले आफ्ना प्रियप्रति संवेदना अभिव्यक्त गर्ने पशु पनि छन्। उदाहरणका लागि पोथी चिम्पान्जीले आफ्नो मरेको बच्चालाई धेरै समयसम्म आफूसँगै राखेको देखिन्छ, हाडखोर हुँदासम्म चिम्पान्जीले त्यस्तो व्यवहार देखाउँछ । हात्तीले आफ्नो झुन्डको मृतकलाई धेरै वर्षसम्म सम्झन्छ, मरेको स्थानमा समय समयमा फर्केर आउँछ। यति मात्र होइन धमिराले समेत आफ्नो गुँडका मरेका धमिरालाई पुर्ने गर्छन्।

बरु आरम्भिक कालका मानवले मृत्युप्रति कस्तो खालको प्रतिक्रिया जनाउथे भन्ने विषय गहकिलो हुने विचार छ पेटिटको। आरम्भिक होमिनिन्सले मृतकप्रति आत्मीयता देखाउने तथा त्यससँगै अन्य गतिविधि र रीतिरिवाज अभ्यास गरी त्यसलाई सामाजिक क्रियाका रूपमा विकास गर्दै लगेको कालखण्ड वास्तवमा खोजको विषय छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज