Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक सय ११ हेक्टर जमिनमा वृक्षारोपण


एक सय ११ हेक्टर जमिनमा वृक्षारोपण

खजुरा, साउन ११ गते । डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षक अन्तर्गत जिल्लाका एक सय ११ हेक्टर खाली जमिनमा विभिन्न जातका विरुवा वृक्षारोपण गरेको छ ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले गत आर्थिक बर्षमा विभिन्न शीर्षकमा जिल्लाका विभिन्न सामुदायिक वनका एकसय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार ६ सय विरुवा लगाइएको बताउनुभयो ।

एक हेक्टर जमिनमा एक हजार ६ सयका दरले विरुवा लगाइएको उहाँले बताउनुभयो । कृषि वन तथा बृहत्तर हरियाली प्रवर्धन कार्यक्रम अन्तर्गत गाजी सामुदायिक वन क्षेत्रको ७.५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको १०.८, रानी सामुदायिक वनक्षेत्रको ५.५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२.१८, श्री रामकुट्टी सामुदायिक वनक्षेत्रको १०.००, हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ ।

त्यस्तै, झिझरी महिला सामुदायिक वनक्षेत्रको ४.००, श्री वनशक्ति सामुदायिक वनक्षेत्रको ५.००, श्री दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वनक्षेत्रको ५.००, श्री सिद्धबाबा सामुदायिक वनक्षेत्रको ५.००, श्री जनप्रतिभा सामुदायिक वनक्षेत्रको ४.००, श्री वागेश्वरी सामुदायिक वनक्षेत्रको १२.४७ र श्री अशोक सामुदायिक वनक्षेत्रको ७.५१ हेक्टर गरी कूल ९०.०० हेक्टर खालि जमिनमा सो विरुवाहरु रोपिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको ६.०० हेक्टर जग्गामा वृक्षारोपण गरिएको छ । नदी उकास तथा खाली क्षेत्रमा वृक्षारोपण अन्तर्गत श्री राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५.०० हेक्टर खाली जमिनमा पनि वृक्षारोपण गरिएको खड्काले बताउनुभयो । गत वर्ष विभिन्न तीनवटा शीर्षक अन्तर्गत एक सय ११ हेक्टर खाली जमिनमा विरुवा लगाइएको उहाँले थप्नुभयो ।

उक्त खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रौ, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायतका विरुवा लगाइएको खड्काले जानकारी दिनुभयो ।

एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार ६ सय विरुवा लगाउँदा विरुवा उत्पादन, वृक्षारोपण तथा तारबार गर्नमा एक करोड ११ लाख रुपियाँ खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार, बगरलगायतका खाली जग्गा भएका क्षेत्रको पहिचानगरी लाखौं विरुवा रोप्दैआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

भर्खरै प्रकाशित

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज