तौलिहवा, साउन १४ गते । कपिलबस्तु निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन अगाडी धर्ना दिइएको छ । उनिहरु विभिन्न माग सहित एक घण्टा धर्ना दिएका हुन् । व्यवसायीहरुले देशको ७७ वटै जिल्ला प्रशासन अगाडी धर्ना दिने कार्यक्रम रहेको संघका अध्यक्ष सरोज कुमार अर्यालले बताउनुभयो ।
सबै निर्माण कार्यको भुक्तानी हुनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यबृद्धिलाई सम्बोधन हुने गरी मुल्य समयोजन गरिनुपर्ने, रुग्ण आयोजनाहरु अन्यौल ग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु वाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने मागहरु रहेका छन् ।
त्यस्तै चेक बाउन्स र बैक ग्यारेण्टी जफत गर्ने लगायतका कार्वाही रोकिनु पर्ने, वीमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनु पर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको बाँकी बक्यौता रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनु पर्ने र कानूनमा संशोधन गरिनु पर्ने लगायतका मागहरु रहेका छन् ।
गएको आर्थिक बर्षमा निर्माण व्यवसायीहरु वर्षा, निर्वाचन, निर्माण सामाग्रीको अभावमा मारमा परेको संघका पूर्व अध्यक्ष गुन्जन कुमार गुप्ताले बताउनुभयो । संशोधन आए पनि निर्माण व्यवसायीको हितमा नभाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘भुक्तानी समयमा नहुँदा धेरै समयस्या परेको उहाँले बताउनुभयो ।’ उहाँले समयमा काम नगर्दा निर्माण व्यवसायीहरु दण्ड जरिवाना तिर्ने र राज्यले समयमा भुक्तानी नदिँदा हामी को संग माग, दण्ड जरिवानाको माग गर्ने बताउनुभयो ।
धर्ना कार्यक्रममा महासचिव शिवद याल ठाकुर, सचिव रमेश मिश्र पुर्व कोषाध्यक्ष अखिलेश अग्रहरी, निर्माण व्यवसायी टुंगनाथ बढई, प्रदिप अग्रहरी लगायतको सहभागिता रहेको थियो ।