Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजखलक ‘ताजपुरिया’

Author Avatar साझा न्यूज 31st July 2023 , 11:25 AM
राजखलक ‘ताजपुरिया’

आदिवासी, जनजाति ताजपुरियाले झापा, मोरङ, सुनसरीका घनाजङ्गल फाँडेर मलेरियाजस्ता रोगसँग लड्दै पूर्वी नेपालको तराई क्षेत्रलाई कृषिको केन्द्र बनाएका छन्। भारतको तेजपुरबाट नेपाल भित्रिएकाले उनीहरू ‘ताजपुरिया’ भएका हुन् भन्ने कतिपयले तर्क गर्छन्। भारतको बिहार, पश्चिम बङ्गाल, आसाम, सिक्किम, मेघालयमा ताजपुरियाको बाक्लो बसोबास छ।

अर्कोतिर विवाहमा बेहुला र बेहुलीले विशेष प्रकारका ताज लगाउने भएकाले यिनीहरू ‘ताजपुरिया’ बनेका हुन सक्ने अनुमान गरिन्छ। कतिपय ताजपुरियाले आफूलाई कोच राजाका सन्तान भन्दै ‘कोच’ हौँ भन्ने गर्छन्। कोचिला राज्यका राजसन्तान भएकाले यिनीहरूले ताज (श्रीपेच) लगाएका हुन सक्छन्। एसएल शर्माले ‘विराट पर्वको भूमि नेपालः ताजपुरिया समाज ऐतिहासिक परिचय’ नामक पुस्तकमा ताजपुरिया राजा शुसेनको सन्तान हुन् भनी उल्लेख गरेका छन्। राजा शुसेन तृगत राज्य (हालको झापा र आसपास) का राजा थिए।

तृगत राज्यको राजधानी झापाको तोपगाँछीमा पर्ने विकिपिडियामा उल्लेख छ। यिनीहरूको शारीरिक बनोट र कतिपय सामाजिक, सांस्कृतिक विशेषता राजवंशीसँग मिल्दोजुल्दो छ। एकै क्षेत्रमा बसोबास गर्ने यिनीहरूको निरन्तरको सामाजिक अन्तव्रिर्mयाले पनि केही विशेषतामा समानता देखिएका हुन सक्छन्। राजवंशीलाई पनि कोचका सन्तान भन्दै कोच भनिने भएकाले यी दुई जातिको समान अस्तित्व हुन सक्नेमा थप मानवशास्त्रीय अध्ययनको आवश्यकता छ।

ताजपुरियाको मातृभाषालाई ताजपुरी भनिन्छ। यो भाषा भारोपेली भाषा परिवार अन्तर्गत पर्छ तर ताजपुरीको आफ्नै लिपि छैन, देवनागरी नै हो। २०६८ सालको राष्ट्रि«य जनगणना अनुसार ताजपुरियाको जनसङ्ख्या १९ हजार २१३  छ। राजवंशी र ताजपुरियामा केही सामाजिक सांस्कृतिक समानता देखिए पनि यिनीहरूको भाषा, संस्कार, परम्परा, मूल्य मान्यतालगायत सामाजिक जीवनशैलीमा भिन्नता छ। ताजपुरियाहरू आफूलाई भगवान् शिव र माता गङ्गा वंशीय सन्तान भन्छन्। ज्येष्ठ ताजपुरिया नागरिकका अनुसार उनीहरूले ठाकुर (शिव) लाई कुल देवता मान्छन्।

ताजपुरिया समुदायमा मूर्ति पूजा गर्ने चलन छैन। यिनीहरू नदी, पहाड, जनावरलाई शक्तिको प्रतीक मानेर पूजा गर्छन्। हनुमानलाई हलुमान र ब्रह्माणीलाई देवी वा नाग भनेर विशेष अवसरमा पूजा गर्छन् उनीहरू। स्थानीय (ग्राम) देवतामा महाराज थानको पनि पूजा हुन्छ। भूमि, पानी अन्नको पनि पूजा गरिन्छ। धेरै रहनसहन हिन्दु परम्परामा आधारित छन्, बाहुन क्षेत्री कै समान छ। दसैँ, तिहार फागुपूर्णिमा मनाउँछन् तर चैत मसान्तदेखि वैशाख २ गतेसम्म मनाइने सिरुवा यिनीहरूको विशेष पर्व हो। तीनदिने यो सिरुवामा क्रमशः पानी सिरुवा, काद सिरुवा, रङ सिरुवा मनाइन्छ।

सिरुवाको पहिलो दिन अर्थात् पानी सिरुवामा एकआपसमा पानी छ्यापाछ्याप गर्दै उत्सव मनाइन्छ भने दोस्रो दिन हिलो खेलेर काद सिरुवा र तेस्रो दिन रङ खेलेर रङ सिरुवा मनाउने चलन छ। यस अवसरमा छोरीचेली, इष्टमित्र बोलाएर विभिन्न परिकार खाने र नाचगान गरिन्छ। राजवंशी, गनगाई, थारू, माझीलगायतका जातिले पनि सिरुवा मनाउने गर्छन्। ताजपुरियाले औंसिया (तिहार), फगुवा, जेत्रा (दसैँ), कृष्णाष्टमी, शिवरात्रि पनि मनाउँछन्।

ग्राम र कुलदेवताको पूजा गर्दा भुइँमै गर्छन्। ग्रामपूजा सामूहिक तथा व्यक्तिगत रूपले गरिन्छ भने कुलपूजा परिवारको मुलीले गर्ने चलन छ। ग्राम र कुलदेवताको पूजा विवाह तथा मृत्यु संस्कार सम्पन्न गर्न अनिवार्य छ। कुल देवतालाई शिवको अवतारका रूपमा पूजा गर्ने चलन छ। प्रत्येक ताजपुरिया बस्तीमा ग्राम देवतालाई पूजा गर्न एउटा महाराजाथान निर्माण गरिएको हुन्छ।

जन्ममृत्यु संस्कार हिन्दु (बाहुन, क्षेत्री) सरह कै छन्। बच्चा जन्मिने बेला र सुँढेनी (मेझ्यानी) धामीझाँक्रीको सुविधा लिनेदिने गरिन्छ। बच्चा जन्मेको तीन दिनमै चोखिने चलन छ। हजामको खुर कैँचीको पानी घरको भित्र, बाहिर छर्केर लिपपोत गरेमा सुत्केरो परेको घर चोखिन्छ। मागी र प्रेम विवाह (विदभाडा) गर्ने चलन छ। दामदुम, घनजिया, डङुवा चलनचल्तीमा रहेको बताइन्छ।

विवाह लमीले मिलाउँछन्। केटा पक्षले करुह्वा (लमी) का साथ केटीको घरमा अनौपचारिक रूपमा कन्या माग्न गई विवाहको प्रस्ताव राख्छन्। सहमति भएमा केटी पक्षका केही व्यक्ति औपचारिक रूपमा केटा हेर्न (दुल्हा देखी) केटाको घरमा जान्छन्। यसपछि केटा पक्ष केटी पक्षकहाँ गएर मगनी (टीकाटालो) गर्छन्। जसलाई सुब–मनचुक्ति अर्थात् डालिखरा (फूलमाला) भनिन्छ। ताजपुरिया समुदायमा विवाह तीन दिनसम्म चल्थ्यो तर क्रमशः यस्तो प्रचलनमा परिवर्तन आई एकदिने विवाह पनि हुने गरेको छ।

विवाहको पहिलो दिन बेहुला, बेहुलीलाई आआफ्ना घरमा हल्दी (मेहदी) लगाइने भएकाले यसलाई ‘हल्दी’ भनिन्छ। यस दिन विवाहको घरमा सत्यनारायणको पूजा लगाइन्छ। दोस्रो दिन कासाकुटा हो, जसमा दिदीबहिनीलाई रातो वस्त्र उपहार दिइन्छ। दिदीबहिनीले कासा (जडीबुटी तथा औषधी, अत्तर) भुट्ने र ओखलमा कुटिएको धुलो तोरीको तेलमा मिसाई बनाइएको लेप कुल, इष्ट तथा ग्राम देवतालाई पूजा गरिसकेपछि बेहुला र बेहुलीको गाला तथा जिउमा लगाइन्छ। त्यसपछि बरिया (माटोको भुड्की) ले पालैपालो बेहुला र बेहुलीको टाउकोमा पानी खन्याई जलढाल्ला गरिन्छ। तेस्रो दिन विवाहको मुख्य दिनलाई सम्भर वा कुमरमर भनिन्छ। त्यस दिन बेहुलाले देवताको पूजाअर्चना गरी र आँपको फेदमा पाँच पटक परिक्रमा गर्दै सो रुखमा टाउको जुधाउनु पर्छ। जन्ती, बेहुला तथा करुह्वालाई बेहुलीका दिदीबहिनीले पान, सुपारीले स्वागत गर्छन्।

बेहुला लिएर गएको डोलीमा राखी बेहुलीलाई पनि आँपको बोटमा पु-याई पाँच पटक घुम्दै टाउको जुधाउन भनिन्छ। विवाहको विद (मण्डप/जग्गे) मा बस्ने बेलामा बेहुलीलाई कोहोबर (बेहुली बस्ने घर) बाट रुँदै, एक हातमा दहीको लदिया (माटोको भाँडो) लिएर दिदीबहिनीको साथ जग्गेमा ल्याइन्छ। पुरोहित र हजामले कर्मकाण्ड गर्छन्। बेहुलीको अभिभावकबाट कन्यादान र बेहुलाबाट सिन्दुर दान गरी विद सकिन्छ।

बेहुली ल्याइसकेपछि बेहुलाको घरमा पनि विद हुन्छ। भोलिपल्ट बेहुली पक्षका केही मानिस आउँछन् र सम्धी लगाउने काम हुन्छ। त्यसै दिन बेहुली लिई माइती पक्ष घर फर्कन्छन्। त्यस दिनलाई आठवारी भनिन्छ। त्यसको भोलिपल्ट फेरि बेहुलासहित केही मान्छे बेहुलीकहाँ गई बेहुली ल्याउने गर्छन्। त्यस दिनलाई बसौनी भनिन्छ। यसरी विवाह सकिन्छ।

ताजपुरिया समुदायमा घुँगी, सिपी, गँगटा, माछा खानालाई महत्व दिइन्छ। अन्य खानामा रस्सा, फेद्गो, कान्जी, घोटोल, पेल्का विशेष तरकारीजन्य परिकार हुन्।

जाडोयाममा बासी भातको खरखरा (भुटेर) र गर्मीयाममा पान्ता खाने गर्छन्। लाफ साग, पोइ साग, सुक्ता (सुकाती) पनि ताजपुरिया समुदायको विशेष परिकार मानिन्छ।

विगतमा पुरुष ताजपुरियाले लङ्गोटी धोती, खराउ, फेटा (गलबन्दी) गम्छा लगाउँथे, अचेल सर्ट प्यान्ट लगाउन थालेका छन्। चाडपर्वमा भने जातीय पहिरन लगाइन्छ।  महिलाले पेटानी छिट (पछ्यौरी) सारी, चोलो लगाउँछन् । साना नानीले घाँघरी, जामा लगाउँथे र यो चलन पनि हराउँदै छ। महिलामा खरुवा, पाउजु, छर्रा, बाँक, सिप्टितार, चुरी, दुइनरिया, चारनरिया, बिच्छा, सना आदि गहना  लगाउँछन्। ताजपुरिया महिलाले नाक छेड्दैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज