Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुको तौलिहवामा अवस्थित प्राचीन ताम्रेश्वर महादेवको मन्दिर

सुब्बा गोस्वामी जयकृष्ण पुरीले विकम संवत १८७२ मा काष्ठ मन्दिरको निर्माण गरेका थिए

Author Avatar साझा न्यूज 31st July 2023 , 1:45 PM
कपिलवस्तुको तौलिहवामा अवस्थित प्राचीन ताम्रेश्वर महादेवको मन्दिर

राजेश ढुंगाना । कपिलवस्तु

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर । यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ । यो मन्दिरको यस जिल्लाकै प्राचीन मन्दिर हो । र सो मन्दिर विक्रम संवत  १९२८ मा आगलागी हुँदा पूर्णरुपमा क्षति भएको थियो ।

जयकृष्ण पुरीका चेला अर्थात भाइ गोस्वामी राजराजपुरीले विक्रम संवत १९३० मा पक्की मन्दिर निर्माण गरेका थिए । बिक्रम संवत १९७४ मा गोस्वामी लच्छीपुरीका पुत्र गोस्वामी गोपालपुरी तथा हेमलाल पुरीव्दारा मन्दिरको जीर्णोव्दार गरिएको थियो ।

त्यसपछि विक्रम संवत २०१५ मा गोस्वामी गोपालपुरीका पुत्र गोस्वामी बाबा गोपीनाथ कामेश्वर पुरी तथा गोस्वामी हेमलाल पुरीका पुत्र गोस्वामी बाबा पारस प्रतापपुरीव्दार पुनः निर्माण गरियो।

विक्रम संवत २०३५ मा गोस्वामी बाबा गोपीनाथ कामेश्वरपुरी तथा उहाँका पुत्र डा। सर्वेश्वरपुरी र बाबा हेमलालपुरीकी पुत्री सुश्री विन्ध्यवासिना पुरीव्दारा बृहत जीर्णोव्दार गरियो । निकै नै आकर्षक र कलात्मक शिखर शैलीको यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको करिब ३ फिट अग्लो शिवलिंग रहेको छ। जसलाई तामाको नागले घेरेको छ।

यस मन्दिरको कम्पाउण्ड निकै नै ठूलो छ जसमा ४ वटा ढोका प्रमुख ढोका पश्चिममा हुनुको साथै मन्दिर पश्चिामामुख रहेको छ । पश्चिम र पूर्वमा दुई दुई वटा ढोका छन् । पश्चिमबाट मन्दिरमा प्रवेश गर्दा मन्दिरको अगाडि पित्तलको बसाहा छ जहां चारैतिरबाट घण्टाहरु झुण्डाइएको छ। बसाहाको  दायाँ र बायाँ ठूला दुई वटा घण्टा पनि छन् । मन्दिरको चारैतिर पनि ढोकाहरु रहेका छन् ।

पश्चिम प्रमुख ढोका पित्तलको छ भने बाँकी ३ दिशाको ढोकाहरु काठले बनेका छन् । पश्चिम ढोकाबाट पसेपछि भित्र फेरि  अर्का सानो ढोका रहेको छ सो ढोकाबाट पसे पछि मात्र निकै नै आकर्षक शिवलिंग रहेको छ । शिवलिंगलाई गोलाकार आकारमा स्टीलको बार लगाइएको छ। शिवलिंगको चारैतिर विभिन्न देव देवताहरुको तस्बिरहरु झुण्डाइएको छ। भक्तजनहरुको सेवाको लागि पुजारी त्यही बसिरहेका हुन्छन र ती पुजारीहरुले नै दैनिक नित्य पूजा अर्चना पनि गर्ने गर्दछन्।

मन्दिर परिसरमा दायाँ र  बायाँतर्फ भक्तजनहरुको लागि भनेर पानीको धारा जडान गरिएको छ। बायाँतर्फ मन्दिर व्यवस्थापनको कार्यालय र धार्मिक पुस्तकको पुस्तकालयसमेत रहेको छ । यसको नजिक शिलालेख लगायत विभिन्न देवदेवताको मूर्ति समेत छन् ।

मन्दिरको पहाडि मण्डपका साथै ३ वटा ठूलो घण्टा छन् । त्यस्तै यो शिखर शैलीको मान्दिरको माथि चारैतिर नागको मूर्ति रहेको छ। मन्दिरको दाहिने तर्फ माथी चांदीको ठूलो निकै नै आकर्षक त्रिशुल राखिएको छ । मन्दिरको चुचुरोका सुन जलप गरेको गजुर छ । गजुरको चारैतिर नागसमेत छ। मन्दिरको चारै दिशामा शिखरशैलको ४ वटा सानो सानो मन्दिरजस्तो बनाइएको छ।

फोटोः सिनेमा सतरंग

मन्दिर प्रवेश गरेपछि धुम्रपान गर्नु निषेध गरिएको छ। मन्दिर परिसरमा रुद्राक्षको मालाहरु झुण्डाइएको छ। मन्दिरको चारैतिर सत्तलहरु छन्। जहां भक्तजनहरु आफनो पूजा अर्चना, विवाह, ब्रतवन्ध, धार्मिक प्रवचन आदि हुने गर्दछ।

मन्दिर निकै नै आकर्षक हुनुको साथै सफा सुग्घरसमेत रहेको छ। यस मन्दिरमा दैनिक भक्तजनहरुको भीड लाग्ने गर्दछ । विशेष गरी हिन्दुहरुको  महानपर्व महाशिवरात्री पर्वमा यस मन्दिरमा भव्य पूजा अर्चना हुने गर्दछ। उक्तदिन शिवलिंगलाई सुन र चांदीको गहनाले सजाइन्छ । शिवरात्री पर्वमा भक्तजनहरुको निकै नै  भीड हुने गर्दछ जसलाई व्यवस्थित गर्न सुरक्षाकर्मीको पनि व्यवस्था गरिन्छ । उक्त दिन मन्दिरलाई निकै नै सजाइन्छ जसले गर्दा मन्दिर निकै नै स‘‘न्दर देखिन्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज