Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय

Author Avatar साझा न्यूज 2nd August 2023 , 4:26 PM
विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय

सुर्खेत, साउन १७ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।

उहाँ स्वदेश फर्किएको करिब दुई वर्ष भयो । २०७३ मा मलेसिया पुगेर २०७८ मा देश फर्किनुभएको थियो । वैदेशिक रोजगारीका क्रममा कमाएको पैसाले स्वदेशमै व्यवसाय गर्ने सोच उहाँले बनाउनुभयो । बचत भएको रकमको ठूलो हिस्सा भैँसीपालनमा लगाउनुभयो । विगत दुई वर्षदेखि भैँसीपालन गरिरहनुभएका रेग्मीको अहिले लोभलाग्दो भैँसी फर्म छ ।

विगत दुई वर्षदेखि भैँसीपालन गरिरहनुभएका रेग्मीको अहिले लोभलाग्दो भैँसी फर्म छ ।

भैँसीपालनका लागि हालसम्म ३५ लाख खर्च भइसकेको छ । लगानी थप्दै गएको उहाँको भनाइ छ । सुरुमा २५ लाख लगानी गरेर व्यवसाय सुरु गर्नुभयो । सफलता मिल्दै जाँदा व्यवसायमा लगानी बढाएको उहाँको भनाइ छ ।

‘विदेशमा गरिने परिश्रम नेपालमा गर्नसके सफलता प्राप्त गर्न गाह्रो छैन’ रेग्मीले भन्नुभयो, ‘विदेशमा १८ घण्टा काम गर्छौं । कमाइ भएको देख्छौँ । तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाई धेरै खोज्छौँ । जति कमाए पनि कमै देख्छौँ ।’

हेमराज उमेरले २८ वर्षका हुनुभयो । पाँच वर्ष मलेसिया बसेका उहाँलाई आफ्नै देशमा केही गर्न मन छ । विदेशमा काम गर्नुभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको उहाँले बताउनुभयो । ‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’ उहाँले थप्नुभयो, ‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुनेरहेछ ।’

विदेशमा काम गर्दाको दुःख सम्झिदै स्वदेशमै केही गर्ने सोच पलाएको उहाँको भनाइ छ । भैँसीपालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ । घरपरिवारको सहयोग हुँदा आफूलाई व्यवसाय सञ्चालन गर्न निकै सहज भएको रेग्मीले बताउनुभयो ।

उहाँले स्वदेश फर्केलगत्तै श्रीराम हनुमान एग्रो प्रा.लि. दर्ता गरेर व्यवसाय अगाडि बढाउनुभएको छ । उहाँको दैनिकी भैँसीको रेखदेख गरेर बित्छ । रेग्मीलाई यतिबेला दूध बेच्न भ्याइनभ्याइ छ । दैनिक ३० लिटर दुध बजारमा बेच्नुहुन्छ । पाँच लिटर गाउँमा र २५ लिटर डेरी उद्योगमा बेच्नेगरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिलिटर ७५ रूपियाँका दरले दुध बिक्री गर्दा एक दिनमा उहाँको कमाइ दुई हजारभन्दा बढी हुन्छ ।

प्रतिलिटर ७५ रूपियाँका दरले दुध बिक्री गर्दा एक दिनमा उहाँको कमाइ दुई हजारभन्दा बढी हुन्छ । ‘दुध बिक्रीमा कुनै समस्या छैन, घरमै आएर लिन्छन’ उहाँले भन्नुभयो, ‘मागअनुसार दुध पुगाउन अझ सकिएको छैन । केही गाउँमै बिक्री हुन्छ । बाँकी दुध डेरीले खरिद गर्छ ।’

भैँसीपालनले परिवारमा आर्थिक समृद्धि ल्याएको रेग्मीले बताउनुभयो । भनेकै मूल्यमा दुध सहज तरिकाले बिक्री वितरण भइरहेको छ । उहाँले भन्नुभयो, ‘बजारमा माग भएजति दुध मैले पुगाउन सकेको छैन । त्यसका लागि भए पनि भैँसीको संख्या थप्नु पर्ने अवस्था आएको छ ।’

व्यवसाय सञ्चालन गर्न उहाँले दश रोपनी जग्गा भाडामा लिनुभएको छ  । वार्षिक एक लाखका दरले दश वर्षका लागि सम्झौता गरेर व्यवसाय सुरु गरेको उहाँले जानकारी दिनुभयो । व्यवसायबाट वार्षिक आम्दानी चार लाख रुपियाँभन्दा बढी हुन्छ ।

भैँसीपालनले आफूलाई रोजीरोटीसँगै इज्जत, प्रतिष्ठा र आत्मसम्मान दिइरहेको रेग्मीको भनाइ छ । अनुदान पाएमा व्यवसायलाई अझै बढाउने उहाँले सुनाउनुभयो । व्यवसायमा आफू सँगसँगै एक जनालाई रोजगारी पनि दिनुभएको छ ।

बजारमा माग भएजति दुध मैले पुगाउन सकेको छैन । त्यसका लागि भए पनि भैँसीको संख्या थप्नु पर्ने अवस्था आएको छ ।

प्लस–टु उत्तीर्ण गर्नुभएका उहाँको ध्यान जागीरतिर गएन । विदेशबाट फर्किएर भैँसीपालन गर्नुभयो । सुरुमा कैलालीको धनगढीबाट चार वटा भैँसी ल्याउनुभयो । अहिले उहाँको फर्ममा सात वटा भैँसी, पाँच वटा पाडापाडी छन् । फर्मबाट उत्पादन भएका पाडापाडी अन्य किसानलाई बेच्नेगरेको रेग्मीले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केर व्यवसायमा लागेका हेमराज एक उदाहरणीय पात्र बन्नुभएको छ । थुप्रै युवाहरू वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लाग्नुभएको छ । उहाँहरूमध्ये धेरैजसोको भनाइ आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ । जसले समाजका अन्य युवाहरूलाई समेत प्रेरणा मिलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज