Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

Author Avatar साझा न्यूज 18th August 2023 , 7:35 PM
मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

फाइल तस्विर

काठमाडौं, भदौ १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोड्नुभएकाे छ । मन्त्री आचार्यले सयदिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क बिन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँग मन्त्रालयको सम्बन्ध जोड्नुभएकाे हो  ।

यस्तै, मन्त्री आचार्यले यो सय दिनको अवधिमा केही नीतिगत तथा व्यावहारिक कामहरू पनि अगाडि बढाउनुभएकाे छ । जसअन्तर्गत हराएका एक हजार ७४९ जना बालबालिकामध्ये एक हजार ६९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्रालयले पछिल्लो सय दिनमा बेवारिसे फेला परेका ९२ जना बालबालिकामध्ये ५६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्री सुरेन्द्र आचार्यले पद बहाली गरेपछिको यो अवधिमा विभिन्न कारणले जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धार गरिएको सचिवालयले जनाएको छ ।

त्यस्तै, यो अवधिमा नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनका लागि हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्धार गरिएको छ ।

यसका साथै समाजमा समस्याका रुपमा रहेको वृद्धावस्था व्यवस्थापन सम्बन्धमा ७ प्रदेशमा वृद्धावस्था व्यवस्थापनका लागि वृद्धा स्याहार–सुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमती प्रदेशको काठमाडौं र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको जनाइएको छ ।

त्यस्तै, बाल संरक्षण तथा बालबालिकासम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनका लागि सफ्टवयरको निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै, महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरिएको र पोखरा, नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीहरुलाई जेल जीवन तथा जेल जीवन पश्चातको जीवन परिवर्तनका लागि सामाजिक सचेतनासहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

साथै नितिगत तहमा पनि मन्त्रालयले यो अवधिमा महत्त्वपूर्ण निर्णयहरूको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पालेर्मो प्रोटोकलको कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको र अपाङ्गता हेरचाहसम्बन्धी आधारभूत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८० को प्रारम्भिक मस्यौदा तयार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज