Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म


मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

काठमाडौं, भदौ १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले जिल्ला जिल्लामा महिला विकास कार्यालयको खारेजीपछि जिल्लास्तरमा विच्छेद भएको मन्त्रालयसँगको सम्बन्ध फेरि जोड्नुभएकाे छ । मन्त्री आचार्यले सयदिनको अवधिमा जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क बिन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँग मन्त्रालयको सम्बन्ध जोड्नुभएकाे हो  ।

यस्तै, मन्त्री आचार्यले यो सय दिनको अवधिमा केही नीतिगत तथा व्यावहारिक कामहरू पनि अगाडि बढाउनुभएकाे छ । जसअन्तर्गत हराएका एक हजार ७४९ जना बालबालिकामध्ये एक हजार ६९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्रालयले पछिल्लो सय दिनमा बेवारिसे फेला परेका ९२ जना बालबालिकामध्ये ५६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । मन्त्री सुरेन्द्र आचार्यले पद बहाली गरेपछिको यो अवधिमा विभिन्न कारणले जोखिममा परेका ४३० जना बालबालिकालाई उद्धार गरिएको सचिवालयले जनाएको छ ।

त्यस्तै, यो अवधिमा नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरु सुरक्षित सुत्केरी गराउनका लागि हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्धार गरिएको छ ।

यसका साथै समाजमा समस्याका रुपमा रहेको वृद्धावस्था व्यवस्थापन सम्बन्धमा ७ प्रदेशमा वृद्धावस्था व्यवस्थापनका लागि वृद्धा स्याहार–सुसारसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यही अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमती प्रदेशको काठमाडौं र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको जनाइएको छ ।

त्यस्तै, बाल संरक्षण तथा बालबालिकासम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनका लागि सफ्टवयरको निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । यस्तै, महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, विराटनगर र कैलालीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरिएको र पोखरा, नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीहरुलाई जेल जीवन तथा जेल जीवन पश्चातको जीवन परिवर्तनका लागि सामाजिक सचेतनासहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

साथै नितिगत तहमा पनि मन्त्रालयले यो अवधिमा महत्त्वपूर्ण निर्णयहरूको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा र मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पालेर्मो प्रोटोकलको कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा तयार गरिएको र अपाङ्गता हेरचाहसम्बन्धी आधारभूत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८० को प्रारम्भिक मस्यौदा तयार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

भर्खरै प्रकाशित

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बिएपछि मौसम विज्ञानको चेतावनी : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

Бонусы казино Pin Up за сентябрь 2023 бездепозитный за регистрацию, бонус коды на фриспины и промокоды от casino r

Pin up casino Пин ап казино вход на официальный сайт Зеркал

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज