Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ओलीको गोजीमा एमाले

Author Avatar साझा न्यूज 20th August 2023 , 11:55 AM
एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

काठमाडौं । अन्य दलप्रति असहिष्णु बन्दै गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीभित्र पनि आफूबाहेक अन्य नेतालाई देख्न र सुन्न नसक्ने अवस्थामा पुगेका छन् र पार्टीमा आफू नै सर्वेसर्वा, आफूले जे बोल्यो त्यही विधान, आफूले जे चाह्यो त्यही संगठन हो भन्ने मान्यता स्थापित गर्न उद्यत् देखिएका छन् । पार्टीमा वैकल्पिक नेतृत्वको सम्भावना देखिएपछि त्रसित भएका ओलीले नेतृत्वका लागि आफूबाहेक सबैको ढोका बन्द गरिदिने खेलमा लागेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा यो स्थापित परम्परा हो । अहिले पनि चीनका सी जिन पिङ, रुसका भ्लादमिर पुटिन र उत्तर कोरिया किम जोङ उनले बाचुन्जेल आफ्नो पद सुरक्षित गरिसकेका छन्, ओली पनि यिनीहरूकै नक्कल गर्दै अघि बढिरहेका छन् ।

दुई महिनाअघि ७० वर्ष उमेरहद हटाएर पार्टीमा बाचुन्जेल आफैं अध्यक्ष बन्ने दाउमा लागेका ओलीले अहिले आफूलाई कम्युनिस्ट पार्टीका संस्थापक सरह देखाउने र अन्य नेता तथा कार्यकर्तालाई तर्साउँदै आफ्नै गोजीबाट पार्टी सञ्चालन गर्ने रणनीति अपनाएका छन् ।

सरकार गठन, गठबन्धन निर्माण, सरकारबाट बहिर्गमन, सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको उम्मेदवार चयनलगायत हरेक विषयमा एकलौटी निर्णय गर्दै आइरहेका ओलीले पछिल्लो समय पार्टीका कार्यक्रमका क्रममा बनाइने ब्यानरमा आफ्नोबाहेक अन्य नेताहरूको तस्बिर नराख्न उर्दी जारी गरेका छन् । उनले आफूलाई पुष्पलाल, मनमोहन, मदन भण्डारीको दर्जामा राख्ने स्वघोषणा गरेका छन्, जसलाई एमालेकै अधिकांश नेता तथा कार्यकर्ताले आत्मैदेखि स्वीकार गर्न सकेका छैनन् ।

ओलीले किन यसरी एकाएक पार्टीको सबै अधिकार आफूमा निहीत गरे भनेर एमालेभित्रै खोजबिन सुरु भएको छ । एमालेका केही नेताहरूले गरेको खोजबिनमा ओली पार्टीमा वैकल्पिक नेतृत्व आउन सक्ने र त्यसो भयो भने आफ्नो अभीष्ट पूरा हुन नसक्ने बुझेर यसरी एकपछि अर्को निर्देशन जारी गर्ने अवस्थामा पुगेका हुन् ।

पार्टीकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पछिल्लो समय फुर्सदमा छिन् । उनी फेरि पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छिन् र पार्टीकै केही नेता पनि भण्डारीलाई पार्टीमा फर्काउन चाहन्छन् । भण्डारी र केही नेताहरूको चाहना बुझेका ओलीले भण्डारी पार्टीमा सक्रिय भए आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने र आफू छायाँमा पर्ने भन्ने बुझेर नै भण्डारीको ढोका बन्द गर्ने खेलमा लागेको एमालेकै नेताहरूले बताएका छन् ।

ओलीको नेतृत्वबाट आजित भएका केही पदाधिकारी आगामी महाधिवेशनमा भण्डारीलाई अध्यक्ष बनाउने गरी केन्द्रदेखि तल्लो तहसम्म कसरतमा लागेपछि ओलीले यो चाल चालेका हुन्, एमालेका एक नेताले देशान्तरलाई भने, उनी जसरी पनि विद्याको ढोका बन्द गर्न चाहन्छन् र बाँचुन्जेल आफैं अध्यक्ष बन्ने योजनामा छन् ।  -देशान्तरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

राति पहाडी तथा हिमाली भूभागमा भारी वर्षाको सम्भावना

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

भर्खरै प्रकाशित

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज