Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राजनीतिक गतिविधि छाडेर विप्लवका नेताहरू धान गोड्न व्यस्त (भिडियोसहित)

Author Avatar साझा न्यूज 20th August 2023 , 2:00 PM
राजनीतिक गतिविधि छाडेर विप्लवका नेताहरू धान गोड्न व्यस्त (भिडियोसहित)

काठमाडौँ । संसदमा उपस्थित रहेका प्रमुख दलहरू राजनीतिक भेटघाटमा व्यस्त रहिरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूलाई धान गोड्न भ्याइनभ्याइ छ । कपिलवस्तुको शिवपुर–१४ मा पार्टीले लिएको भाडामा लिएको खेतमा महासचिव नेत्रविक्रम चन्द विप्लव, पूर्व मन्त्री एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत शीर्ष नेताहरू धान गोडिरहेको भिडियो विप्लवले आफ्नो फेसबुक पेजमा अपलोड गरेका छन् ।
‘श्रम भनेको अर्थसँग मात्र होइन, महान् आदर्श, विचार र संस्कृतिसँग पनि सम्बन्धित हुन्छ’ उनले भिडियो क्याप्सनमा उल्लेख गरेका छन् । श्रम जीवनको अभिन्न हिस्सा हो भन्दै उनले भनेका छन्– ‘हामी सामूहिक श्रममाथि समाजवादी, साम्यवादी सभ्यताको जग हाल्न चाहन्छौँ ।’

अहिले देशभरका किसानहरू धान गोड्न खेतमा व्यस्त छन् । किसानजस्तै नेकपाका नेताहरूसमेत धान गोड्न व्यस्त छन् । सयौँ बिगाहामा लगाइएको धान गोड्नका लागि नेकपाका शीर्ष नेताहरू केही दिनदेखि जिल्लामै व्यस्त छन् । भिडियोमा विप्लव सहितका नेताहरू कपिलवस्तुस्थित शिवपुर–१४ मा काममा व्यस्त देखिन्छन् ।

श्रमलाई उत्पादनसँग अनिवार्य जोड्ने पार्टीको घोषित नीतिअनुसार केन्द्रीय नेताहरू खेतीपातीमा व्यस्त भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए । उनका अनुसार पार्टीले तीन थरी जग्गा लिएर श्रमलाई उत्पादनसँग जोड्ने गरेको र आएको उत्पादन पार्टीकै काममा लगाउने गरेको छ ।

‘पार्टीले तीन थरीको जग्गा लिएको छ । केही पार्टीको नाममा छ । केही नेताहरूको नाममा छन् । केही पार्टीले भाडामा लिएका जग्गा छन् । त्यहाँबाट आएको आम्दानी पार्टीले खर्च गर्छ । श्रमलाई उत्पादसहित संस्कृतिमा जोड्ने पार्टी नीति हो । असार एक महिना श्रममा मात्र केन्द्रित रहने भन्ने छ । केन्द्रीय समितिको बैठक बसेको बेला अर्को दिन अनिवार्य श्रम गर्ने पार्टी नीति छ’, उनले भने ।

पार्टीले बर्दिया, कैलाली, सुनसरी, चितवन गरी ५र६ ठाउँमा करिब सय विघाहा जमिनमा खेती गरिएको विरहीले बताए ।

‘बर्दिया, कैलाली, सुनसरी लगायत विभिन्न जिल्लामा १०० बिगाहा जमिन पार्टीले भाडामा लिएको छ । जिल्लाका आ–आफ्नै ठाउँमा छन् । केन्द्रले उत्पादन गरेको केन्द्रीय समितिको हुन्छ । प्रदेश र जिल्लाले गरेको सम्बन्धित समितिको हुन्छ’ उनले भने ।

उनका अनुसार असार एक महिना सबै नेता कार्यकर्ता खेतीपातीमा मात्र व्यस्त हुन्छन् । केन्द्रीय समिति बैठक बसेका बेला केन्द्रीय सदस्यसहित सबैले अनिवार्य श्रम गर्नुपर्ने समेत उनले बताए । विप्लव नेतृत्वको नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चामा पनि सहभागी छ । आज साँझ ६ बजे बस्ने मोर्चाको बैठकमा भाग लिन विप्लव दिउँसो काठमाडौँ आउँदैछन् ।

भिडियोः

https://fb.watch/mxx7ZvuR5P/

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज