कपिलवस्तु नगरपालिका वडा नम्बर २ बालमन्दिरको हाता भित्र नगर मै पहिलो चिल्ड्रेन पार्क निर्माण गरिएको छ । नेपाल बाल संगठनको अगुवाईमा रेडक्रस भवन र पाखेरीको बिचमा खाली जमिनमा पार्क निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ४० लाख शशर्त अनुदानमा नेपाल बाल संगठनले आफनो जग्गामा पार्क निर्माण गरेको नगरपालिकाका ईन्जीनीयर राजेश कुमार सैनीले बताए ।
नगरपालिकाले स्टीमेट डिजानई गरेर संगठनलाई पार्क बापतको रकम निकासा गरेको हो । ३० लाखले पार्कको संरचना निर्माण र १० लाखको खेलकुदको सामाग्री खरिद गरिएको नेपाल बाल संगठनका ब्यवस्थापक राम प्रसाद अर्यालले बताए ।
पार्कमा चिप्लेटी पिङ लगायतका खेलकुद सामाग्रीहरु राखिएका छन । पार्क निर्माणसंगै त्यहा बालबालिकाहरु आएर खेल्ने समते सुरु गरी सकेको छन ।
मोबाईल टिभिमा मात्र सीमत भएका बालबालिकाहरुलाई मनोरंजन गर्न पार्क निर्माण गरिएको मेयर सुदीप पौडेलले बताए । उनले बालबालिकालाई लक्षित गरी नगर भित्र अन्य चिल्ड्रन पार्क समेत निर्माण गरिने बताए । आउने भदौ २९ गते बाल दिवसका अवसरमा पार्कको उदघाटन गरिने कार्यक्रम छ । चालु आर्थिक बर्ष भित्र पार्कमा ब्लक बिछाउने कार्यक्रम समेत रहेको छ ।