Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे


धादिङ बस दुर्घटना : ज्यान गुमाएका ८ मध्ये ४ जनाकाे परिचय खुल्याे

धादिङ – धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेकाे छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाकाे परिचय खुलेकाे छ । परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का २४ वर्षीय सुमन थापा छन् ।

दुर्घटनामा दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएकाे छ । ज्यान गुमाउने एक जना महिला र तीन जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टबाट र दुई जनाले ‘ई सेवा’ बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताउनुभयो । उहाँ सकुशल हुनुहुन्छ ।

काठमाण्डाैबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा  घाइते छन् । १३ जनाको उपचारका लागि काठमाण्डाै पठाइएको छ । एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बाग्लुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभरटेक’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मनाइयो १७ औं विश्व रेविज दिवस

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

कपिलबस्तुमा मोहम्मद जयन्ती धुम धामका साथ मनाइयो

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज