Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सिमा सुरक्षालाई थप मजबुत बनाउँछौं: महानिरीक्षक अर्याल

Author Avatar साझा न्यूज 24th August 2023 , 7:18 PM
सिमा सुरक्षालाई थप मजबुत बनाउँछौं: महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले सिमा हुने विभिन्न खाले अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताएका छन्।

सिमा क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न खाले अपराधलाई निस्तेज पार्न सिमा क्षेत्रमा निग्रानी बढाइने उनले बताए। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तको छैठौँ स्थापना दिवसलाई सम्बोधन गर्दै महानिरीक्षक आर्यालले सो कुरा बताएका हुन्।

चितवन नवलपरासी हुदै कपिलवस्तु आएका उनले मातहतका निकायलाई सिमानाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन समेत दिए। ‘सिमानाकामा हुने अपराधिक गतिविधिलाई निर्मुल बनाई शान्ति सुरक्षा कायम गर्नु हाम्रो प्रमुख कर्तव्य हो, यस तर्फ हामी सचेत  छौ’ उनले भने। प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सिमा सुरक्षा र विपद व्यवस्थानमा अनुशासन भई प्रस्तुत हुन उनले निर्देशन दिए।

उनले भारतमा लखेटेर पठाइने छाडा चौपायाको समते निग्रानी बढाई तिनीहरुलाई समते सिमा रोक्न समेत निर्देशन दिएका थिए। प्युठानको स्वर्गद्धारी र अर्घाखाचीको सुपादेउराली मन्दिरमा आउने भक्तजनहरुलाई अनावश्यक दुःख समेत नदिन आग्रह गरे। समाजमा आम नागरिकको पक्षमा सशस्त्र प्रहरी हरपल हरदम उभिएको उनले दाबी गरे। उनले सिमा क्षेत्रमा रहेको पिलरहरुको अवस्था समेत बुझेर आवश्यक मर्मत संभारको समेत काम गर्ने बताए।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले सिमानाकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि एपिएफ अहोरात्र खटिदै आएको बताए। उनले सिनामा हुने हरेक किसिमको अपराधिक गतिविधीलाई अन्त्य गरी सशस्त्र प्रहरी अघि बढेको बताए । कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज