तौलिहवा, भदौं ८ गते । जिल्लाको यशोधरा गाँउपालिकामा हजार बढीले आँखाको उपचार गराएका छन् । गाँउपालिकाको तथ्यांक अनुसारसाउन महिनामा एक हजार तिन सय ३० जना आँखाको विरामीहरुले उपचार गराएका छन् ।
आँखा पाक्ने रोग फैलिए पछि गाँउपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न औषधीको ब्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले बताउनुभयो । पालिका भित्र रहेको आठ वटै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी समेत वितरण गरेको उहाँले बताउनुभयो । पालिकाका नागरिकहरुलाई सिप्रोफल्कसासिन ड्राप, कोलरमफेनिकल नामको मल्हम, सिप्रोफल्कसासिन टेबलेट लगायतको औषधी निःशुल्क रुपमा व्यवस्थापन गरेको प्रमुख मिश्रले बताउनुभयो ।
स्वास्थ्य शाखाका मनोज कोरीका अनुसार तिर्तिखी स्वास्थ्य चौकीबाट २ सय ६६, गौरी स्वास्थ्य चौकीबाट १ सय २२, बसन्तपुर स्वासथ्य चौकीबाट ८३ र परसोहिया स्वास्थ्य चौकीबाट १ सय १३ जना सेवा लिएको बताउनुभयो । त्यस्तै यशोधरा आधारभुत अस्पतालबाट १ सय ७, रंगपुर स्वास्थ्य चौकीबाट १ सय ४८, सोमडिह स्वास्थ्य चौकीबाट १ सय ८८ र सिहोखोर स्वास्थय चौकीबाट ३ सय ३ जनाले आँखाको उपचार गराएको उहाँले ईसाझा न्यूजलाई बताउनुभयो ।
पालिकाले आँखा पाक्ने रोगको औषधी ८ वटा स्वास्थ्य संस्थाबाट निरन्तर निःशुल्क वितरण गर्दै आइरहेको छ ।