Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शौचालय नभएको जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा रोक्का


शौचालय नभएको जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा रोक्का

तौलिहवा, भदौं ११ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि गाउँपालिकाले सेवा सुविधा रोक्का गरेको छ । गाउँपालिका खुला दिशा मुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि पालिकाले सेवा सुविधा रोक्का गरेको हो ।

गाउँपालिकामा कार्यरत प्रअ, कर्मचारी र वडा सदस्यसहित जनप्रतिनिधिहरूकै घरमा शौचालय छैन । केही दिन अघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ कार्यक्रमका टोलीले अनुगमनका क्रममा सो तथ्य फेला परेको हो ।

गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिशामुक्त घोषणा गरिएको थियो । तर, हालसम्म प्रअदेखि जनप्रतिनिधिहरूको घरमा शौचालय छैन । शौचालय नभएपछि उनीहरू खुला ठाउँमा शौच गर्दै आएका छन् ।

गाउँपालिकाका खानेपानी तथा सरसफाइ कार्यक्रमका संयोजक अर्जुन बेल्बासेले गाउँपालिका भित्र रहेको शिक्षक कर्मचारी, जनप्रतिनिधिकै घरमा शौचालय निर्माण र प्रयोग नभएको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष इन्नर थारुको घरमा शौचालय छैन ।’’ त्यस्तै गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी राजेश कोरी,  वडा नम्बर ७ स्थित जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ ।

त्यस्तै वडा नं. २ का वडासदस्य सोमई केवट, गाउँपालिकाका पशु शाखामा कार्यरत कार्यालय सहयोगी हेमराज तेली र गुगौली स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी त्रिभुवन भरको घरको शौचालयमा ढोका नभएको र न्यून प्रयोग सहित फोहोर रहेको भेटिएको बेल्बासेले बताउनुभयो ।

अनुगमनको क्रममा वडा नं. ३ की वडासदस्य जमुर्ता केवटको शौचालयमा ढोका नलगाएको प्रयोग विहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । वडा नं. ५ का वडा सदस्य माधव लाल नाउँ, वडा नं. ६ का कम्प्युटर अपरेटर प्रदीप कुमार तिवारी शौचालय नभएको र वडा नं. ५ का वडासदस्य राजमति पासीको शौचालय पूर्ण रूपमा प्रयोग नभएको उहाँको भनाई छ ।

शौचालय नभएका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न गाउँपालिकालाई सिफारिस गरिएको बेल्बासले बताउनुभयो । गाउँपालिका खानेपानी तथा सरसफाइ कार्यविधि २०८० अन्तर्गत शौचालय निर्माण नगरेका कर्मचारी र जनप्रतिनिधिहरूको सेवा सुविधा रोक्का गरेर कारबाही गर्न सिफारिस गरिएको उहाँको भनाइ छ ।

बेल्बासेले भन्नुभयो, ‘‘पहिला जनप्रतिनिधि र कर्मचारीको घरमा अनुगमन पछि जनताको घरमा जाने बताउनुभयो ।’’ कार्यविधि २०८० का अनुसार अनुगमन गर्दा एक पटकमा ५ सयदेखि ५ हजार रुपियाँसम्म जरिवाना समेत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बिजयनगरमा ४५ प्रतिशतले मात्र शौचालय निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

आयुर्वेद केन्द्रमा सेवाग्राही निरन्तर बढदै, दरबन्दी ४० बर्ष अघि कै यथावत, बजेट पनि झन घट्यो

भर्खरै प्रकाशित

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज