Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शौचालय नभएको जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा रोक्का

Author Avatar साझा न्यूज 28th August 2023 , 7:22 PM
शौचालय नभएको जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधा रोक्का

तौलिहवा, भदौं ११ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि गाउँपालिकाले सेवा सुविधा रोक्का गरेको छ । गाउँपालिका खुला दिशा मुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि पालिकाले सेवा सुविधा रोक्का गरेको हो ।

गाउँपालिकामा कार्यरत प्रअ, कर्मचारी र वडा सदस्यसहित जनप्रतिनिधिहरूकै घरमा शौचालय छैन । केही दिन अघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ कार्यक्रमका टोलीले अनुगमनका क्रममा सो तथ्य फेला परेको हो ।

गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिशामुक्त घोषणा गरिएको थियो । तर, हालसम्म प्रअदेखि जनप्रतिनिधिहरूको घरमा शौचालय छैन । शौचालय नभएपछि उनीहरू खुला ठाउँमा शौच गर्दै आएका छन् ।

गाउँपालिकाका खानेपानी तथा सरसफाइ कार्यक्रमका संयोजक अर्जुन बेल्बासेले गाउँपालिका भित्र रहेको शिक्षक कर्मचारी, जनप्रतिनिधिकै घरमा शौचालय निर्माण र प्रयोग नभएको पाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाको वडा नं. १ का वडाध्यक्ष इन्नर थारुको घरमा शौचालय छैन ।’’ त्यस्तै गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, आधारभूत स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी राजेश कोरी,  वडा नम्बर ७ स्थित जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ ।

त्यस्तै वडा नं. २ का वडासदस्य सोमई केवट, गाउँपालिकाका पशु शाखामा कार्यरत कार्यालय सहयोगी हेमराज तेली र गुगौली स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी त्रिभुवन भरको घरको शौचालयमा ढोका नभएको र न्यून प्रयोग सहित फोहोर रहेको भेटिएको बेल्बासेले बताउनुभयो ।

अनुगमनको क्रममा वडा नं. ३ की वडासदस्य जमुर्ता केवटको शौचालयमा ढोका नलगाएको प्रयोग विहीन अवस्थामा रहेको उहाँले बताउनुभयो । वडा नं. ५ का वडा सदस्य माधव लाल नाउँ, वडा नं. ६ का कम्प्युटर अपरेटर प्रदीप कुमार तिवारी शौचालय नभएको र वडा नं. ५ का वडासदस्य राजमति पासीको शौचालय पूर्ण रूपमा प्रयोग नभएको उहाँको भनाई छ ।

शौचालय नभएका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न गाउँपालिकालाई सिफारिस गरिएको बेल्बासले बताउनुभयो । गाउँपालिका खानेपानी तथा सरसफाइ कार्यविधि २०८० अन्तर्गत शौचालय निर्माण नगरेका कर्मचारी र जनप्रतिनिधिहरूको सेवा सुविधा रोक्का गरेर कारबाही गर्न सिफारिस गरिएको उहाँको भनाइ छ ।

बेल्बासेले भन्नुभयो, ‘‘पहिला जनप्रतिनिधि र कर्मचारीको घरमा अनुगमन पछि जनताको घरमा जाने बताउनुभयो ।’’ कार्यविधि २०८० का अनुसार अनुगमन गर्दा एक पटकमा ५ सयदेखि ५ हजार रुपियाँसम्म जरिवाना समेत रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बिजयनगरमा ४५ प्रतिशतले मात्र शौचालय निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज