Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छाडा चौपाया व्यवस्थापन गर्न स्थानिय तहलाई अदालतको आदेश

Author Avatar साझा न्यूज 3rd September 2023 , 8:03 PM
छाडा चौपाया व्यवस्थापन गर्न स्थानिय तहलाई अदालतको आदेश

तौलिहवा, भदौ १७ गते । कपिलबस्तु अदालतले छाडा चौपायाको उचित नियन्त्रण र ब्यवस्थापन गरी राजमार्गलाई निर्वाध आगमनको ब्यवस्था मिलाउन जिल्लाका १० वटै स्थानिय तहलाई आदेश दिएको छ । छाडा चौपायाको नियन्त्रणका लागि पालिकाहरुलाई अदालतले पहिलो पटक आदेश दिएको हो । गत साउन ४ गते मध्यरातमा बसले ठक्करबाट बुद्धभुमि नगरपालिका २ पानी पोखरीमा एकै पटक १० वटा गाईगोरु मरेका थिए ।
गाई गोरु मरेपछि चालक दाङ तुलसीपुर उप महानगरपालिका ३ का भुप बहादुर बिक बिरुद्ध प्रहरीले पशुपंपंक्षी सम्बन्धि कसुरमा मुद्दा चलाएको थियो । सोही मुद्दाको फैसलाका क्रममा चालक विकलाई ३ लाख धरौटी लिई तारेखमा छाड्ने अदालतले आदेश दिदै छाडा चौपायाको नियन्त्रण गर्न १० वटै पालिकालाई निर्देशन दिएको हो । अदालतका श्रेस्तेदार सुमन पाण्डेका अनुसार जिल्ला न्यायधिश तेज नारायण पौडेलको एकल ईजलासले सो आदेश गरेका बताउनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७७ को दफा ११ (२) ञ अनुसार छाडा चौपायको नियन्त्रण गर्ने जिम्मा पालिकाहरुको रहेकोले पालिकाहरुले आफ्नो कर्तब्य निर्भाह नगरी छाडा गाईबस्तुहरुलाई राजमार्गका छाडी दुर्घटनाको स्थिति उत्पन्न भएको देखिएको आदेशमा उल्लेख रहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका राजमार्गहरुमा कानुनले निर्धारण गरेको कार्य सम्पादन गरी राजमार्गलाई खुलारुपमा आवागमनको ब्यवस्था मिलाउन भनी निर्देशन दिइएको श्रेस्तेदार पाण्डेले बताउनुभयो ।
जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्लाका पालिकाहरुलाई छाडा चौपायाको नियन्त्रण गर्न निर्देशन सहीतको आदेश भएको हो । सो आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख गरिएको छ । उहाँले भन्नुभयो ‘यो ओदश पालना नभएको खण्डका अब पालिकाका जन प्रतिनिधिहरुलाई कसैले पनि अदालतमा मानाहानीको मुद्दा समेत दायर गर्र्न सक्ने बाटो खुला भएको बताउनुभयो ।’
दाङबाट काठमाण्डौ तर्फ जाने क्रममा बाग्मति प्रदेश ०१–००६ ख ५१७१ नम्बरको बसले बाटोमा बसेको गाई गोरुलाई ठक्कर दिएको थियो । घटनामा १० जिउ गाई गोरु मरेको र ४ वटा र्घाईते भएका थिए । चालकले ३ लाख धरौटी जमा गरेर तारेखमा छुटेको श्रेस्तेदार पाण्डेले बताउनुभयो । शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चोधरीका अनुसार गाँउपालिकाले छाडा चौपायाको ब्यवस्थापनको काम सुरु गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज