Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दश बुंदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गर्दै सकियो प्रेस यूनियनको भेला


दश बुंदे ‘स्वर्गद्वारी घोषणापत्र’ जारी गर्दै सकियो प्रेस यूनियनको भेला

साझा न्यूज । तौलिहवा
नेपाल प्रेस यूनियन लुम्बिनी प्रदेशले १० बुंदे वर्गद्वारी घोषणापत्र’ जारी गर्दै भेला सम्पन्न गरेको छ ।। प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे स्वर्गद्वारी घोषणा पत्र जारी गरेको हो ।
महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा प्रदेश भेला १० बुँदे घोषणापत्र जारी गरेर सम्पन्न भएको उल्लेख छ । भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न जोडदार माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि पत्रकारिताको भूमिका बदलिँदै गरेको अवस्थामा समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि ध्यानाकर्षण गराउँदै पत्रकार बीमा, पत्रकार स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग गरिएको महासचिव गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ । साथै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस्तै लुम्बिनी प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुलाई आर्थिक संकटको वाहनामा पारिश्रमिक नदिने, ‘फोर्स लिभ’ मा राख्ने, पूर्णकालीनबाट आंशिक बनाउने काम भएको गुनासो आएको भन्दै सम्बन्धित सञ्चारमाध्यमलाई त्यसो नगर्न सचेत गराइएको छ । मिडियालाई सबल बनाए मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यसैगरी नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको ’पत्रकार प्रशिक्षण बर्ष २०८०’ पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संबद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।
दुई दिने प्रदेशस्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण समय दिएर सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रिय सदस्य, १२ वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारी लगायत सहभागी सबैप्रति कृतज्ञता प्रकट गर्दै आतिथ्यताका लागि जिल्ला शाखा प्युठान र स्वर्गद्वारी आश्रम परिवारप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित वैठक भव्यरुपमा सम्पन्न भएको महासचिव गिरीले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गर्नुभएको थियो भने विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गर्नुभएको थियो ।
भेलामा नेपाली काँग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रिय सदस्यहरू, जिल्लाका अध्यक्ष एवं पदाधिकारी, पत्रकार महासंघ प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज