Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

Author Avatar साझा न्यूज 20th September 2023 , 7:14 AM
नयाँ पार्टीहरु बर्खाका पानी जस्तै हुन,आफै सुखेर जान्छन्: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्र आचार्यले नयाँ उदय भएका पार्टीहरु बर्खाको भेल जस्तै भएको भन्दै तिनीहरू आफै सुखेर जाने बताएका छन्।

कुनै पनि पार्टीको नाम इन्कित नगरी उनले नयाँ जन्मिएका पार्टी कुलो जस्तै भएको संज्ञा दिँदै आफै सुखेर जाने बताए। कपिलवस्तु नगरपालिका वडा नम्बर ६ स्थित सिएली भवनमा कार्यकर्ताहरुसंगको भेटघाटमा उनले सो कुरा बताएका हुन। ठुला पार्टीको कमजोरीले गर्दा अहिलेको अवस्था आएको भन्दै त्यो धेरै दिन सम्म नटिक्ने बताए।

‘नयाँ उदय भएको पार्टी बर्खाको भेल जस्तै हो कुलो जस्तै सुकेर जान्छन्’ उनले भने।

उनले लामो इतिहास बोकेको कांग्रेस पार्टीले नै देशको समस्या समाधान गर्ने दाबी गरे। वर्तमान दाहाल नेतृत्वको सरकारले ठिकै काम गरिरहेको र आउने २०८४ को निर्वचन पनि कांग्रेस कै नेतृत्वमा हुने उनले बताए।

उनले कपिलवस्तुमा नयाँ परियोजना लागु हुने चरणमा रहेको र यसले रोजगारी सुज्ना गर्ने बताए। उनले महिलालाई समेत आयआर्जनमा सरिक गराई सशक्तीकरण गर्ने आफ्नो योजना रहेको उनको भनाइ थियो।

उनले कपिलवस्तुमा सकुम्बासी समस्याकालागि आफूले पहल गरेको र नापी भएकाहरूले चाडै नै लालपुर्जा पाउने बताए। उनले सडक, नाली, सिचाई, बिद्यतुीकरणकालागि आफूले सक्दो प्रयास गरेको दाबी गरे। उनले बाल उद्यान निर्माणकालागि कपिलवस्तु नगरपालिकामा बजेट विनियोजन गरेको सुनाए।

कपिलवस्तुका कुनै पनि सरकारी कार्यालयमा दुःख दिने, पैसा माग्ने गरेमा आफूलाई तत्काल खबर गर्न उनले आग्रह गरे। उनले कपिलवस्तु अस्पतालमा छिट्टै मिर्गौला रोगीलाई लक्षित गरी डाइलासिस सेवा समेत सुरु हुने बताए।

कांग्रेस कमजोर भए मुलुकको राजनीति समेत अन्तै मोडिने उनको भनाइ थियो। उनले कांग्रसका कार्यकर्ता र नेता एकजुट भएर जिम्मेवार बन्नु पर्नेमा जोड दिए। कांग्रेस आफनै कारणले कमजोर बनेको उनको तर्क थियो।

यसै बिच मन्त्री आचार्यले कपिलवस्तु नगरपालिका तौलिहवा बजार वडा नम्बर ४ गोदाहा चोक तथा तौलिहवा स्थित पार्टी कार्यालय तौलिहवा बजारमा कार्यकर्ताहरुसंग भेटघाट गरेका थिए। यस्तै मन्त्री आचार्य तौलिहवा आँखा अस्पतालमा समेत पुगेको थिए। सो अवसरमा उनले आँखा अस्पतालको भौतिक र पूर्वाधार विकासमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल नेत्र ज्योति संघ कपिलवस्तुका अध्यक्ष मनोज कुमार श्रीवास्तवले आँखा अस्पतालकाले दिने सेवा उपलब्धि, समस्या चुनौती लगायतका विषयमा अवगत गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज