Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

Author Avatar साझा न्यूज 22nd September 2023 , 3:02 PM
जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने

नेपालगन्ज, असोज ५ गते । नेपालगन्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी सुरु गरिएको जनाएको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय बासिन्दालाई निकै सचेत पारिएको र सम्झाइबुझाई   गरिएको बताउनुभयो ।

अब पनि जथाभावी फोहोर गरिएको पाइएमा जरिवाना गरिने उहाँको भनाइ छ । उहाँले जथाभावी फोहोर नफाल्न सर्वसाधारणलाई अनुरोध गर्दै अबदेखि त्यस्तो गरिएको पाइएमा कारवाहीस्वरुप जरिवाना गरिने बताउनुभयो ।

मेयर विष्टले थप्नुभयो, ‘निर्वाचित भएर आएको एक वर्षसम्म विभिन्न सचेतनाका कार्यक्रम गरेर फोहोर व्यवस्थापनबारे जनतालाई जानकारी गराएका छौं, अब पनि कसैले अटेरी गर्छ र जहाँ पायो त्यही फोहोर फाल्छ भने अब जरिवाना तिर्नुपर्छ ।’

नेपालगन्ज उपमहानगरको वातावरण तथा सरसफाइ शाखाका अनुसार नेपालगन्ज नगरमा सबैभन्दा बढी बजेट खर्च गरेर सरसफाइको काम भइरहेको छ । नगरपालिकाले सफाइ गरेर गएपछि जथाभावी ढङ्गले सडकमा फोहोर फाल्ने गरिएकाले अब त्यस्तो नगर्न सबैलाई आग्रह गरेको छ ।

नेपालगन्जलाई फोहोरमुक्त र सफा सहर बनाउने अभियान सुरु गरिएको जनाउँदै सरसफाइ शाखाका प्रमुख प्रकाश डिसीले यो अभियानमा उपमहानगरभित्रका सबै जनाको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

उहाँले टोल टोलमा सरसफाइ समिति बनाएर फोहोर व्यवस्थापनबारे निगरानी गर्न पनि सबैलाई अनुरोध गरिएको बताउनुभयो । नगरका विभिन्न ठाउँमा अझै पनि स्थानीयले जथाभावि फोहोर फाल्ने गरेकाले सरसफाइ कार्यक्रम सफल हुन नसकेकाले कडाइ गर्ने निर्णयमा पुगिएको उपमहानगरले जनाएको छ ।

नेपालगन्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यपले फोहोर व्यवस्थापनबारे सचेतना फैलाउने काम अब सकिएको जनाउँदै वडावासीको घर–घरमा पुगेर अब फोहोर जथाभावी फालेमा कारवाही हुने जानकारी गराउनुभयो ।

नेपालगन्जमा ३५ हजार ५१७ परिवारमा १ लाख ६६ हजार २५८ को बसोबास छ । प्रतिदिन कम्तिमा ३८ मेट्रिक टन फोहोर उत्पादन हुनेगरेकोमा २५ टन मात्र प्रशोधन केन्द्रसम्म पुग्नेगरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

भर्खरै प्रकाशित

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज