Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नियम विपरित कुदान क्षेत्रमा लुम्विनी विकास कोषले गेट निर्माण गर्दै

नियम विपरित भई रहेको निर्माण कार्य रोक्न लगाउन प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह

Author Avatar साझा न्यूज 25th September 2023 , 9:03 AM

पुरातात्विक क्षेत्र कुदानमा नियम विपरित निर्माण हुन लागेको प्रवेश गेट

रमेश मिश्रा । साझा न्यूज
पुरातात्विक महत्व बोकेको कुदान क्षेत्रमा लुम्विनी विकास कोषले अवैध ढंगबाट स्वागत निर्माण कार्य अघि बढाएको छ । पुरातत्व विभागको स्विकृति वेगर नै यहां जवरजस्ती ढंगबाट कोषले स्वागत गेटको निर्माण कार्य गरिरहेको छ ।

हाल भएको गेट नजिकै भित्र पट्टी आर.सी.सी. संचनामा नयां गेट निर्माण गरिदै छ । पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माण गर्नु पुर्व विभागको स्वीकृति लिनु आवश्यक रहेको पुरातत्व विभागका प्रवक्ता पुरातत्वविद् राम बहादुर कुंवरले बताए । लुम्विनी विकास कोषबाट गेट निर्माणका लागि स्वीकृति माग गरिएको तर नियम अनुसार नमिल्ने भए पछि स्वीकृति प्रदान गरिएको छैन, प्रवक्ता थापाले भने, “यसरी हुदै गरेको निर्माण कार्य नियम विपरित छ ।”

गेट निर्माण कार्य भक्तपुरको तुलसी कन्स्ट्क्सन एण्ड कम्पनीले गरिरहेको लुम्विनी विकास कोषले जनाएको छ । कोषका अनुसार, कुदान परिसरमा काठे फुटपाथ निर्माण कार्य संगैको प्याकेज ठेक्कामै सो आर.सी.सी. संरचनाको गेट निर्माण कार्यको अघि बढेको हो ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ का अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै प्रकारका खन्ने तथा निर्माण गर्ने कार्य गर्न अनिवार्य रुपमा पुरातत्व विभागसंग अनुमति लिनु पर्ने प्रावधान छ ।

तर कोषले यो कानुनी प्रावधानलाई लत्याएको छ । झारो टार्नका लागि स्वीकृति माग पत्र पुरातत्व विभाग काठमाण्डौंमा पठायो तर विभागले कुदान क्षेत्र पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहां पक्की आरसीसी गेट निर्माण गर्न भने स्वकृति दिएन । तर पनि जवरजस्ती ढंगबाटै भए पनि कोषले गेट निर्माण कार्य भने अघि बढाईरहेको छ ।

पुरातत्व विभागको स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचना निर्माण कार्य गरेको प्रति स्थानीय सास्कृतिक अगुवाहरुले पनि विरोध जनाएका छन् । प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थल वरपर नियम विपरित जथाभावी गरिने निर्माण कार्यलाई तत्काल रोक्नु पर्ने स्थानीय अगुवा पशुपति मणि त्रिपाठीले बताए ।

शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरे पछि पहिलो पटक यसै कुदान क्षेत्रमा आफ्ना माता पिता पत्नी छोरा तथा परिवारका अन्य सदस्यहरुलाई भेट गरेका थिए । बुद्धलाई ध्यान गर्न, बस्नका लागि उनका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा विहार निर्माण गरेका थिए ।

यसै स्थानमा बुद्धका छोरा राहुल र पत्नी मायादेवी भिक्षु तथा भिक्षुणी बनेका थिए । कुदानलाई राजा शुद्धोधनको न्यायालयको रुपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ । हाल विभिन्न देशका बौद्धमार्गीहरु कुदान क्षेत्रमा आई ध्यान तथा प्रार्थना गर्ने गरेका छन् । उनीहरुका लागि यो अति पवित्र शान्ति स्थल हो ।

बौद्धकालीन ईतिहास बोकेको पुरातात्विक क्षेत्रमा कोषको जवरजस्ती हस्तक्षेप मान्य नहुने स्थानीयले बताएका छन् । नियम विपरित भई रहेको निर्माण कार्य रोक्न लगाउन स्थानीयले प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

भर्खरै प्रकाशित

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज