साझा न्यूज । काठमाण्डौ
संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने माग गर्दै देशभरीका स्थानीय तहका कार्यरत कर्मचारीहरुको विभिन्न किसिमका आन्दोलनहरु गर्दै आइ रहेका छन् ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले ९ दिन देखि काठमाण्डौमा आन्दोलनमा उत्रेका हुन् । उक्त आन्दोलन एवम् दबाव मुलक कार्यक्रमलाई समर्थन जनाउदै कपिलबस्तु नगरपालिका लगायत देशभरका कर्मचारीहरु पनि राजधानीमा बृहत दवाव मुलक कार्यक्रम सहभागि भएको कपिलबस्तु नगरपालिका संघर्ष समितिका संयोजक बलराम न्यौपानेले बताउनुभयो ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरेको हो ।
समितिले दबाब मूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यक भन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन् ।
आन्दोलनरत कर्मचारीहरुको पेन डाउनका कारण स्थानिय तहका कामकाज ठप्प भएका छन । उहाँहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्का परेका हुन् ।