प्रेम चन्द रौनियार
नवलपरासी, असोज २६ । पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ४ वर्दघाट बजार स्थित रहेको बिनय होटल एण्ड रेष्टुरेन्टवाट एक हजारको नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामग्री सहित दुई जना युवक पक्राउ परेको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा ः तनहु जिल्लाको ऋषिङ्गा गाउँपालिका ३ दानश्री वस्ने २५ वर्षिय सुरज बि क र पुर्वि नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ ठिमिरे वस्ने वर्ष ३० को कृष्ण बहादुर विश्वकर्मा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासिका प्रहरी नायब उपरिक्षक एवंम सुचना अधिकारि रेशम बोहराले दिएका अनुसार चाड पर्वमा नक्कली नोटको कारोबार भईराखेको विषेश सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक सुदर्शन पन्थिको कमाण्डमा खटिएका प्रहरी टोलिले वर्दघाट नगरपालिका ४ स्थित रहेका बिनय होटल एण्ड रेष्टुरेन्टको कोठा नम्बर ३ मा खानतलासि गर्दा उक्त कोठामा रहेका उनिहरुलाई चेक जाँच गर्दा निज हरुको साथ वाट रु एक हजारको १ लाख उन्नचालिस हजार नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामाग्रि सहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको बोहराले बताउनु भयो ।
निज हरुको साथ वाट , ज ५ ८ २४७०५६ नम्बर को १ हजार को ६७ थान र छ४४ ६४७९४ नम्बरको ७२ थान गरि जम्मा १ लाख ३९ हजार नक्कली नोट र नकलि नोट बनाउन प्रयोग हुने स्टम्प, टेप, कालो व्रस, कैचि, मोबाईल दुई थान तथा फ्लामको स्केल लगायतको सामाग्रि फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।