Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा डिआरटिबी उपचार केन्द्रको उद्घाटन

Author Avatar साझा न्यूज 13th October 2023 , 6:50 PM
कपिलवस्तुमा डिआरटिबी उपचार केन्द्रको उद्घाटन

तौलिहवा, असोज २६ गते । कपिलवस्तुमा पहिलो र लुम्बिनी प्रदेशमा चौथो औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) उपचार केन्द्रको उद्घाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

औषधि प्रतिरोधक क्षयरोग (डिआरटिबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि कपिलवस्तुको चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्लाका क्षयरोगका बिरामीहरू उपचारका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न केन्द्रको उद्घाटन गरिएको हो ।

राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माका अनुसार लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो उपचार केन्द्रको रूपमा चन्द्रौटामा सुरु गरिएको बताउनुभयो । उहाँले नेपालभर २३ वटा डिआर सेवा ८६ वटा उपकेन्द्रहरू रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारले २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेको छ ।’’ उपचार केन्द्र र उपकेन्द्रहरू गाउँ स्तरमा स्थापना गर्ने योजना अनुसार प्रदेश र केन्द्र सरकारले योजना बनाइरहेको उहाँको भनाइ छ ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाका अनुसार सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा समेत प्रभावकारी ढङ्गले अघि बढ्ने ताउनुभयो । कपिलवस्तु जिल्ला मात्र नभई छिमेकी जिल्लाका बिरामीहरूलाई समेत सहज हुने उहाँले बताउनुभयो । अस्पतालले सेवा प्रवाहलाई प्रभावकारी रूपमा प्रदान गर्ने थापाले विश्वास छ । केही दिनमै २४ औँ घण्टामा सेवा प्रवाह तथा पोस्टमार्टम गर्न व्यवस्था मिलाइने थापाको भनाइ छ ।
शिवराज नगरपालिका स्वास्थ्य शाखाका प्रमुख चूडामणि भट्टराईका अनुसार डिआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुने बताउनुभयो ।

‘‘क्षयरोगका बिरामीको औषधिले काम गरे/नगरेको विषय परीक्षण प्रयोगशालामा हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।’’

कपिलवस्तुमा प्रत्येक वर्ष क्षयरोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा ७२७, २०७६/०७७ मा ५८५, २०७७/०७८ मा ६३३,  २०७८/०७९ मा ९०० र २०७९/०८० मा ९१४ जनामा क्षयरोगको सङ्क्रमण थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज