Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति


कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

दिनेश रायमाझी
हाम्रो वरिपरि, हाम्रो वडा, हाम्रो सिङ्गो पालिका हामीले सोँचेजसरी, हामीले चाहेजसरी अथवा हामीले आशागरे जसरी किन चल्न सकिरहेको छैन भनेर हामीसबै चिन्तित छौं र अचम्मित पनि छौं । प्रदेश र केन्द्रका कुरा अर्कै छन् त्यतातिर कुनै दिन पछि चर्चा गरौंला । चुनावको दौरानमा भोटमाग्दा, उनीहरुले अघि सारेका घोषणापत्र, प्रतिबद्धता पत्र, पर्चा, अन्तरक्रिया र सम्वादमा त विकास र समृद्धि ल्याउने कुरा गरेको सुनिन्थ्यो ।
छिटो छरितो काम गर्नेछु, सुशासन, पारदर्शिता र जिम्मेवारी पुर्बक काम गर्नेछु भनेर भनेको सुनेको हो । तर हामीले हालेको भोटले चुनाव त जिते तर आफुले भने अनुसारको काम गरिरहेका देखिन्नन् । सबै अवस्था उस्तै पुरानै छ । यस्तो किन भएको हो भने हामीले सहि मान्छेलाई, सहि जानकारी भएको मान्छेलाई, विकास के हो भनेर बुझेको र एउटा दृष्टिकोण सहित अगाडि जान सक्ने मानिसलाई चुन्नबाट चुक्यौं । सबैले आआफ्नो ल्याकत अनुसारको काम गर्छन् । अहिले भएको यहि हो जुन नहुनुपर्ने थियोे ।
अहिलेका धेरैजसो जनप्रतिनिधिहरुमा जनताको हितमा काम गर्ने भावना अतिनै न्यून छ । केही केहीमा नभएको होइन तर तिनीहरुसंग केगर्ने, कसरी गर्ने, कस्ता कस्ता बिषयहरु छन् जो नगरी नहुने किसिमको छ र केकस्ता बिषयहरु छन् जो पछि गर्दा पनि खासै फरक पर्दैन भनेर फरक छुट्टयाएर काम गर्न सक्ने ल्याकत असाध्यै कम छ । धेरै जसो त धनार्जन गर्ने शुरमै देखिन्छन् । कहाँ कस्तो बजेट छ, कसरी त्यो बजेटमा खेलेर गोजी बाक्लो गराउन सकिन्छ भन्ने दाउमा रहेका हुन्छन् । यस्ता जनप्रतिनिधिहरुबाट नगरको बिकास हुने, जनताका समस्याहरु समाधान हुनेछ भनेर सोच्न पनि सकिन्न ।
यो नगर भित्रको अवस्थाको बारेमा कसैले कसैलाई बताइ रहनै पर्दैन, सबै छर्लङ्ग छ । बाटो जिर्ण छ, धुलोले जनताको स्वास्थ्य लगातार बिग्रिरहेको छ, छाडा चौपायाले किसानको खेतीबाली नष्ट गरिरहेको छ, दुर्घटना निम्त्याइ रहेको छ र नगरको सुन्दरता नष्ट गरिरहेको छ । बाटो किन बनिरहेको छैन, छाडा चौपायाहरुको किन व्यवस्थापन हुन सकिरहेको छैन भनेर मुख नखोल्ने मानिसहरु जनप्रतिनिधि बनेर हामीलाई गिज्याउने काम गरिरहेका हुन् कि जस्तो लाग्छ । किसानको बाली नष्ट भएमा, छाडा चौपायाको कारणले दुर्घटना हुन गएको अवस्थामा त्यसको जिम्मेवारी कसले लिने ?
अरुतिरको जस्तै यहाँको मुख्य समस्याहरु भनेको पनि शिक्षा नै हो, जनताको स्वास्थ्य नै हो, बेरोजगारी नै हो । यी समस्याहरुकोको अलवा खराब बाटो, छाडा चौपाया, महङ्गी, ठगी, कालो बजारी, महिला हिंसा, गरिबी आदि आदिनै हुन् । यी जेजस्ता समस्याहरु छन् ती मध्ये धेरैजसो समस्याहरुको समाधान निकाल्न रकेट सायन्स जान्नु पर्दैन ।
मुख्य कुरा समस्याहरु छन् भनेर मान्ने र ती समस्याहरुको समाधान गर्न दृढ इच्छाशक्ति सहित लागि पर्ने । यो भनेको के के समस्याहरु छन् भनेर तिनको पहिचानगर्ने, वर्गीकरणगर्ने र नीति योजना बनाएर कार्यान्वयनमा जाने।यदि आफैलेनै गर्न सकिन्छ भने राम्रै भयो तर यदि सकिँदैन भने पनि चिन्ता लिनुपर्ने जरुरत छैन । बिषयगत जानकारहरुसंग सल्लाह र सहयोग लिन सकिन्छ ।
हामीले हाम्रो वडालाई, सिङ्गो नगरलाई, हाम्रो जिम्मेवारीको क्षेत्र भित्र पर्ने ऐतिहासिक, साँस्कृतिक, पौराणिक तथा पुरातात्त्विक महत्त्वका स्थानहरुको संरक्षण, संवर्धन र समग्र बिकास कसरी गर्ने भनेर छलफल गर्न केहि प्यारामिटरहरु छन् । म त्यसलाई छलफलको निम्ति यहाँ बुँदागत रुपमा उल्लेखगर्न चाहान्छ । हुन त यस माथि सबिस्तार चर्चा गर्न सकिन्छ । तर मेरो आसय मैले भन्न खोजेको बिषयको बारेमा स्थानीय नेता, कार्यकर्ता र आम जनसमुदायमा पनि जानकारी होस् र उहाँहरुले पनि यस आफ्नो बारेमा धारणा बनाउनु हुनेछ र सो बिषय माथि अलि गहन तरिकाले छलफल र बहस हुन सकोस् भन्ने हो ।

जनप्रतिनिधिहरु जनता आफैले चुन्ने हो । त्यसकारण जनताले आफुमाथि शासन गर्न आफैले मतदान गरेर जिताएर पठाउने कुनै पनि ब्यक्ति आफु भन्दा कमजोर वा असक्षम वा नजानेको र नबुझेको र अशिक्षित वा कम पढेलेखेको नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ । अर्थात जनप्रतिनिधि चुन्दा चुकियो भने जनताले दुख पाउने कुरा स्वाभाविक हुन्छ । जनप्रतिनिधि जहिले पनि आफुभन्दा अब्बल चुन्नपर्छ ।
यसरी हेर्दा के देखिन्छ भने तल उल्लेख गरिएका बिषयहरु अनुसार हुन्छ भने बिकास र उन्नति हासिल गर्न धेरै कठिनाई पर्ने छैन ।
बहसको निम्ति बिषयहरुः
१) गुणस्तरीय नेतृत्व
२)गुणस्तरीय नीति
३) गुणस्तरीय पुर्वाधार
४) गुणस्तरीय लगानी
५) गुणस्तरीय व्यवस्थापन
६) गुणस्तरीय बिषयबस्तु
७) पारदर्शी र उत्तरदायी काम
८) सचेत जनता÷नागरिक समाज
बिजया दशमीको सबैमा शुुभकामना । यो लेख आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भोलि भारत जाँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएईबाट आज स्वदेश फर्किँदै

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

रुपन्देहीको महुवारीमा स्कुलबसको ठक्करबाट २ को मृत्यू १ जना घाईते

भर्खरै प्रकाशित

भोलि भारत जाँदै प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युएईबाट आज स्वदेश फर्किँदै

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

सभापति पाँचपल्ट प्रधानमन्त्री हुनुभयो, अब युवाहरू अघि बढ भन्नु पर्छ : महामन्त्री शर्मा

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

मेलम्ची पुगेर मन्त्री यादवले भने –काठमाडौंवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

कम बोल्छु, काम बढी गर्छु : शेरबहादुर देउवा

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री दाहालको अपिल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज