Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

Author Avatar साझा न्यूज 15th October 2023 , 8:43 AM
कमजोर जनप्रतिनिधि– कमजोर बिकास र उन्नति

दिनेश रायमाझी
हाम्रो वरिपरि, हाम्रो वडा, हाम्रो सिङ्गो पालिका हामीले सोँचेजसरी, हामीले चाहेजसरी अथवा हामीले आशागरे जसरी किन चल्न सकिरहेको छैन भनेर हामीसबै चिन्तित छौं र अचम्मित पनि छौं । प्रदेश र केन्द्रका कुरा अर्कै छन् त्यतातिर कुनै दिन पछि चर्चा गरौंला । चुनावको दौरानमा भोटमाग्दा, उनीहरुले अघि सारेका घोषणापत्र, प्रतिबद्धता पत्र, पर्चा, अन्तरक्रिया र सम्वादमा त विकास र समृद्धि ल्याउने कुरा गरेको सुनिन्थ्यो ।
छिटो छरितो काम गर्नेछु, सुशासन, पारदर्शिता र जिम्मेवारी पुर्बक काम गर्नेछु भनेर भनेको सुनेको हो । तर हामीले हालेको भोटले चुनाव त जिते तर आफुले भने अनुसारको काम गरिरहेका देखिन्नन् । सबै अवस्था उस्तै पुरानै छ । यस्तो किन भएको हो भने हामीले सहि मान्छेलाई, सहि जानकारी भएको मान्छेलाई, विकास के हो भनेर बुझेको र एउटा दृष्टिकोण सहित अगाडि जान सक्ने मानिसलाई चुन्नबाट चुक्यौं । सबैले आआफ्नो ल्याकत अनुसारको काम गर्छन् । अहिले भएको यहि हो जुन नहुनुपर्ने थियोे ।
अहिलेका धेरैजसो जनप्रतिनिधिहरुमा जनताको हितमा काम गर्ने भावना अतिनै न्यून छ । केही केहीमा नभएको होइन तर तिनीहरुसंग केगर्ने, कसरी गर्ने, कस्ता कस्ता बिषयहरु छन् जो नगरी नहुने किसिमको छ र केकस्ता बिषयहरु छन् जो पछि गर्दा पनि खासै फरक पर्दैन भनेर फरक छुट्टयाएर काम गर्न सक्ने ल्याकत असाध्यै कम छ । धेरै जसो त धनार्जन गर्ने शुरमै देखिन्छन् । कहाँ कस्तो बजेट छ, कसरी त्यो बजेटमा खेलेर गोजी बाक्लो गराउन सकिन्छ भन्ने दाउमा रहेका हुन्छन् । यस्ता जनप्रतिनिधिहरुबाट नगरको बिकास हुने, जनताका समस्याहरु समाधान हुनेछ भनेर सोच्न पनि सकिन्न ।
यो नगर भित्रको अवस्थाको बारेमा कसैले कसैलाई बताइ रहनै पर्दैन, सबै छर्लङ्ग छ । बाटो जिर्ण छ, धुलोले जनताको स्वास्थ्य लगातार बिग्रिरहेको छ, छाडा चौपायाले किसानको खेतीबाली नष्ट गरिरहेको छ, दुर्घटना निम्त्याइ रहेको छ र नगरको सुन्दरता नष्ट गरिरहेको छ । बाटो किन बनिरहेको छैन, छाडा चौपायाहरुको किन व्यवस्थापन हुन सकिरहेको छैन भनेर मुख नखोल्ने मानिसहरु जनप्रतिनिधि बनेर हामीलाई गिज्याउने काम गरिरहेका हुन् कि जस्तो लाग्छ । किसानको बाली नष्ट भएमा, छाडा चौपायाको कारणले दुर्घटना हुन गएको अवस्थामा त्यसको जिम्मेवारी कसले लिने ?
अरुतिरको जस्तै यहाँको मुख्य समस्याहरु भनेको पनि शिक्षा नै हो, जनताको स्वास्थ्य नै हो, बेरोजगारी नै हो । यी समस्याहरुकोको अलवा खराब बाटो, छाडा चौपाया, महङ्गी, ठगी, कालो बजारी, महिला हिंसा, गरिबी आदि आदिनै हुन् । यी जेजस्ता समस्याहरु छन् ती मध्ये धेरैजसो समस्याहरुको समाधान निकाल्न रकेट सायन्स जान्नु पर्दैन ।
मुख्य कुरा समस्याहरु छन् भनेर मान्ने र ती समस्याहरुको समाधान गर्न दृढ इच्छाशक्ति सहित लागि पर्ने । यो भनेको के के समस्याहरु छन् भनेर तिनको पहिचानगर्ने, वर्गीकरणगर्ने र नीति योजना बनाएर कार्यान्वयनमा जाने।यदि आफैलेनै गर्न सकिन्छ भने राम्रै भयो तर यदि सकिँदैन भने पनि चिन्ता लिनुपर्ने जरुरत छैन । बिषयगत जानकारहरुसंग सल्लाह र सहयोग लिन सकिन्छ ।
हामीले हाम्रो वडालाई, सिङ्गो नगरलाई, हाम्रो जिम्मेवारीको क्षेत्र भित्र पर्ने ऐतिहासिक, साँस्कृतिक, पौराणिक तथा पुरातात्त्विक महत्त्वका स्थानहरुको संरक्षण, संवर्धन र समग्र बिकास कसरी गर्ने भनेर छलफल गर्न केहि प्यारामिटरहरु छन् । म त्यसलाई छलफलको निम्ति यहाँ बुँदागत रुपमा उल्लेखगर्न चाहान्छ । हुन त यस माथि सबिस्तार चर्चा गर्न सकिन्छ । तर मेरो आसय मैले भन्न खोजेको बिषयको बारेमा स्थानीय नेता, कार्यकर्ता र आम जनसमुदायमा पनि जानकारी होस् र उहाँहरुले पनि यस आफ्नो बारेमा धारणा बनाउनु हुनेछ र सो बिषय माथि अलि गहन तरिकाले छलफल र बहस हुन सकोस् भन्ने हो ।

जनप्रतिनिधिहरु जनता आफैले चुन्ने हो । त्यसकारण जनताले आफुमाथि शासन गर्न आफैले मतदान गरेर जिताएर पठाउने कुनै पनि ब्यक्ति आफु भन्दा कमजोर वा असक्षम वा नजानेको र नबुझेको र अशिक्षित वा कम पढेलेखेको नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ । अर्थात जनप्रतिनिधि चुन्दा चुकियो भने जनताले दुख पाउने कुरा स्वाभाविक हुन्छ । जनप्रतिनिधि जहिले पनि आफुभन्दा अब्बल चुन्नपर्छ ।
यसरी हेर्दा के देखिन्छ भने तल उल्लेख गरिएका बिषयहरु अनुसार हुन्छ भने बिकास र उन्नति हासिल गर्न धेरै कठिनाई पर्ने छैन ।
बहसको निम्ति बिषयहरुः
१) गुणस्तरीय नेतृत्व
२)गुणस्तरीय नीति
३) गुणस्तरीय पुर्वाधार
४) गुणस्तरीय लगानी
५) गुणस्तरीय व्यवस्थापन
६) गुणस्तरीय बिषयबस्तु
७) पारदर्शी र उत्तरदायी काम
८) सचेत जनता÷नागरिक समाज
बिजया दशमीको सबैमा शुुभकामना । यो लेख आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज