Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘पत्रकारको भौतिक र आर्थिक सुरक्षामा गम्भीर बनौं’

Author Avatar साझा न्यूज 16th October 2023 , 7:01 PM
‘पत्रकारको भौतिक र आर्थिक सुरक्षामा गम्भीर बनौं’

काठमाडौं, असोज २९ गते । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दैगएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

आइएफजे एसिया–प्यासिफिकको कार्यकारी समितिको बैठकमा सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्नेक्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीका पहल गर्नुपर्ने बताउनुभयो ।

युद्धग्रस्त क्षेत्रमा मात्र नभएर सामान्य अवस्था हुँदा पनि पत्रकारमाथि आक्रमण र धम्कीका घटना भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आजको अवस्थामा पनि विभिन्न स्वार्थ समूहले पत्रकारमाथि आक्रमण गर्ने तथा धम्कीका घटना हुनु दुःखद कुरा हो । यसलाई नियन्त्रण गर्न पीडक पक्षलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

नेपाल प्रेस युनियका पूर्वअध्यक्ष समेत रहेका आइएफजेका सदस्य सिग्देलले नेपालमा अर्थतन्त्र कमजोर हुँदैजाँदा त्यसको असर आम सञ्चारमाध्यममा पनि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको अर्थव्यवस्था धिमा भएसँगै यसको प्रत्यक्ष असर विज्ञापन बजारमा आधारित भएर सञ्चालनमा रहेको आम सञ्चारमाध्यममा परेको छ ।’

त्यसैगरी सामाजिक सञ्जालका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम बढेकाले नियामक निकायलाई बलियो बनाउनुपर्ने पनि उहाँले बताउनुभयो । अनलाइन समाचार पोर्टलमा भएको संख्यात्मक वृद्धिलाई गुणात्मक परिणाम ल्याउनका लागि प्रशिक्षण, नियमन र अनुगमनको दायरा बढाउन आवश्यक देखिएको उहाँको भनाइ छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्यासिफिक अध्यक्ष सबिना इन्द्रजितले युद्धग्रस्त क्षेत्रमा आइएफजेको भूमिका उपस्थिति र भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभयो ।

आइएफजेका महासचिव बिलेङगर एन्थोनीले पत्रकारको सुरक्षा मुख्य चासो भएको उल्लेख गर्दै भन्नुभयो, ‘अहिले मुख्य मुद्दा भनेको युद्धग्रस्त क्षेत्रमा कार्यरत पत्रकारको सुरक्षा नै रहेको छ । हामी दुबै पक्षलाई पत्रकारको सुरक्षामा गम्भीर बनिदिन पनि अपिल गर्दछौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज