दाङ, कात्तिक १ गते । लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठनको गठनादेश खारेज गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयका अनुसार मन्त्रीपरिषद बैठकले प्रदेश सरकार अन्तर्गतका १३ वटा अस्पतालका अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निणर्य गरेको बताउनुभयो । अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत समेत गरिएको उहाँको भनाई छ । साथै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति (चौथो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निणर्य गरिएको छ ।
चालिस वर्षभन्दा माथिको लागि नसर्ने (मधुमेह, उच्च रक्तचाप र मृगौला रोग स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने, जेष्ठ तथा अति असक्त नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत गर्ने निणर्य भएको छ ।
त्यसै गरी थालेसेमिया, सिकलसेल र हेमोफिलियाका विरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत, आँखाको नानी निःशुल्क प्रत्यारोपण (कर्निया ट्रान्सप्लान्टेसन) शोध भर्ना सम्बन्धी कार्यविधि, २०८० स्वीकृत भएको छ ।