Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

Author Avatar साझा न्यूज 9th December 2023 , 9:20 AM
भारत–नेपाल सांस्कृतिक महोत्सवले लुम्बिनीमा मनायो साझा संस्कृति र सम्पदा महोत्सव

राम बिकास चौधरी । साझा न्युज

लुम्बिनी, २२ मंसिर । भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो ।

महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो ।

बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित भारत–नेपाल साँस्कृतिक महोत्सवको उद्घाटन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संयुक्त रुपमा गर्नुभएको थियो । समारोहमा बौद्ध सम्पदास्थलका तस्वीर समेटिएको फोटो प्रदर्शनीलाई समावेश गरिएको थियो ।

प्राचीन कालदेखिको बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे जानकारी सजाइएको फोटो प्रदर्शनीसँगै भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो । राजदूत श्रीवास्तव, मन्त्री किराती र मुख्यमन्त्री चौधरीले स्याण्ड मण्डला चित्रकला प्रदर्शनीको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्घ कला हो जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । सोही बेलुका एक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारत र नेपालका कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गर्नु भएको थियो ।

महोत्सवमा भारतको लेहस्थित थिक्से मठका कलाकारहरुको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुको भरतनाट्यम, लुम्बिनीका स्थानीय कलाकारहरुको थारु नाँच र नेपालको सुकर्म ब्याण्डले प्रस्तुत गरेको सितार वादनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

सांस्कृतिक कार्यक्रमको प्रस्तुतिपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो । उक्त फुड फेस्टिभलमा पकोडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए ।

यस अघि बिहानी सत्रमा यस महोत्सवकै एक हिस्साको रुपमा लुम्बिनी बौद्घ विश्वविद्यालयमा “सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्घ शिक्षाको प्रभाव अन्वेषण” शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । बौद्ध दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा कार्यपत्र मार्फत आ–आफ्ना विचार राख्नु भएको थियो ।

यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने भारतीय दूताबासको भनाई छ । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको बताए । स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरुका लागि महोत्सवको दोस्रो दिन अर्थात मंसीर २३ गते पनि खुला रहने भारतीय दूताबासले बताएको छ ।…

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी अलग

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नदी किनारको निर्माण रोक्का महानगरद्वारा फुकुवा

नदी किनारको निर्माण रोक्का महानगरद्वारा फुकुवा

हातहतियार बुझाउन अनुरोध

हातहतियार बुझाउन अनुरोध

दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

प्राध्यापकलाई राजनीतिक दलको जिम्मेवारी दिइएकोमा निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

गठबन्धनबिनाको चुनाव, राजनीतिक दलको वास्तविक शक्ति परीक्षण

भर्खरै प्रकाशित

नागरिक उन्मुक्ति पार्टीबाट रेशमलाल चौधरी अलग

रेशमलाल चौधरीको उम्मेदवारी खारेज

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे कायम

नदी किनारको निर्माण रोक्का महानगरद्वारा फुकुवा

नदी किनारको निर्माण रोक्का महानगरद्वारा फुकुवा

हातहतियार बुझाउन अनुरोध

हातहतियार बुझाउन अनुरोध

दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज