Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तमु धीं जापानको २९ औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न

Author Avatar साझा न्यूज 5th January 2024 , 5:49 PM
तमु धीं जापानको २९  औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न

प्रमेश तमु, टोकियो

तमु धीं जापानको २९  औं ल्होसार सांस्कृतिक साँझ विविध साँगीतिक कार्यक्रम सहित सम्पन्न भएको  छ ।

जापानको राजधानी टोकियो स्थित उएनो पार्कको खुल्ला हलमा नेपालबाट आमन्त्रित कलाकारहरू र टोकियोमा कर्मथलो बनाइ बसेका कलाकारहरूको बेजोडको प्रस्तुती बिच ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।

स्थापना कालदेखि  हरेक वर्ष ल्होसार  साँस्कृतिक कार्यक्रमको  आयोजना गर्दै आएको तमु धीं जापानले २९ औं  शृङ्खला बिहिबार  टोकियोका बिबिध साँगीतिक कार्यक्रम सहित मनाएको हो ।

कार्यक्रममा स्थानीय  कलाकारहरुले  नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने खालका विभिन्न  गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरंजन दिलाएका थिए । यसैबिच बाल कलाकारहरूको स्वागत नृत्य हेर्न लायक थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित  चर्चित लोक तथा दोहोरी गायिका सबिना गुरुङले आधा दर्जन जति आफ्ना चर्चित गित गाएर टोकियो जाडोको माहोल तताएका थिए । यसैगरी बरिष्ठ तमु हाँस्य कलाकरले बलबहादुर गुरूङले पनी आफ्नो दमदार प्रस्तुती दिइ मनोरंजन दिलाएका थिए । यसैबिच लोकदोहोरी गायक सर्जक अनि गुरुङ फिल्मका वरिष्ठ कलाकार रेशम गुरुङले पनी आफ्नो प्रस्तुति दिएका थए ।

ल्होसार सांगीतिक कार्यक्रममा विभिन्न गाएक,  कलाकर्मीहरुले   पनि सांगीतिक प्रस्तुती दिएका थिए ।

यसअघि प्रमुख अतिथि रबिन प्रशाद शेरचन, जनजाती महासंघ जापानका उपाध्यक्ष श्री गुरूङ, कार्यबहाक अध्यक्ष अरमान गुरूङ, ओम गुरूङ, NRNA जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, NBA जापानका अध्यक्ष बिजय थकाली, मोना जापानका अध्यक्ष ददिवाल खड्का, नेपाल एयरलाइन्स जापान प्रखुख लगाएत बिभिन्न  संघ संस्थाका  प्रतिनिधिहरु,  लगायतका बिशेष अतिथिहरुले  रिबन काटेर सामुहिक रुपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।समुदघाटन मन्तब्य कार्यक्रममा तमु धीं  जापानका उपाध्यक्ष तथा कार्यक्रम संयोजक अनिला गुरुंङ्गले राख्नु भएको थियो । यसैगरी कार्यक्रममा बिशेष अतिथि एन आर एन ए  जापानका प्रतिनिधि रबिन प्रशाद शेरचन, जनजाति महासंघ जापानका बरिष्ठ उपाध्यक्ष श्री गुरुङ, एन आर एनए जापानका उपाध्यक्ष शिदार्थ श्रेष्ठ, NRNA ICC सदस्य ओम गुरुङ लगाएतकाले शुभकामना मन्तब्य दिनु भएको थियो ।

बर्तमान अध्यक्ष रमेश कुमार गुरुङ, उहाको  ममतामयी आमाको सोकमा नेपाल रहनु भएकाले कार्यबहाक अध्यक्षता अरमान गुरुंङ्गले सम्हाल्नुका साथै सभापतित्वको आशन ग्रहण गर्नु भएको थियो । भने श्वार्गिय आमाको शोकमा एक मिनेट मौन धारण गरिएको थियो ।

औपचारिक कार्यक्रमको अन्तमा सभापतिको आसनबाट बोल्दै तमु धीं जापानका कार्यबाहक अध्यक्ष अरमान गुरुंङ्गले ल्होसार  साँझलाई सफल पार्न सहयोग गर्ने प्रायोजक, सहयोगी, पत्रकार, संघसंस्था, कलाकार, स्वयमसेवक लगायत सबैलाई धन्यबाद ब्यक्त गरे । उनले गुरुङ समुदायको साँस्कृतिक धरोहर मानिने ल्होसार  संस्कारको गरिमा जोगाउन दुई दशकदेखि तमु धी जापान निरन्तर लागिपर्दै आएको बिचार ब्यक्त गरे ।

संस्थाका महासचिब खेम तमुले सञ्चालन  गरेको औपचारिक कार्यक्रम समाप्त पछि ल्होसार  साँगीतिक साँझ कार्यक्रमको सञ्चालन  युक्तामन  गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा अतिथि कलाकार लागाएक तमु धिं जापानलाई विगतदेखि योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई  सम्मान पनि गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज