Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

Author Avatar साझा न्यूज 9th February 2024 , 2:32 PM
कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

तौलिहवा, माघ २६ गते । कपिलबस्तुमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो ।

कोरोना विरुद्धको फाईजर कम्पनीको खोप जिल्लाको पाँच पालिकामा सञ्चालन हुन लागेको छ । कोभिडको–१९ को नयाँ भेरियन्ट जे एन १ नेपालमा समेत देखा परिसकेको र यसअघि कभरेज कम भएका जिल्ला तथा पालिकामा अभियान सञ्चालन गर्न व्यवस्थापन महाशाखाले खोप पठाएको हो । जिल्लामा पहिलो डोज ६० प्रतिशत, दोस्रो डोज ८० प्रतिशत भन्दा बढीले खोप लगाएका छन् । त्यस्तै, पहिलो बुष्टर डोज २० प्रतिशत र दोस्रो बुष्टर डोज ५ प्रतिशतले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा भारतसँग सिमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाँउपालिकामा खोप अभियान चलाइएको बताउनुभयो । उहाँले पाँच पालिकाका १२ वर्ष माथिका बालबालिकाहरुलाई बुष्टर डोज खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोप अभियानका लागि माघ २६ देखि २९ गतेसम्म पालिका समन्वय समितिको बैठक, फागुन १ र २ गते स्वास्थ्य स्वयमसेविकामार्फत् घरभेट र फागुन ३ देखि ५ गतेसम्म खोप कार्यक्रम राखिएको छ ।” खोप कार्यक्रम विद्यालयको बालबालिकाबाट अभियानको सुरु गरेर समुदायमा जाने उहाँको भनाइ छ । कपिलबस्तुमा प्रत्येक पालिकाका लागि ६ हजारका दरले ३० हजार डोज खोप आएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार विगतमा कोरानोले कपिलबस्तु सहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनु पर्ने बताउनुभयो । कोरोना विरुद्धको खोप लगाएको व्यक्ति अन्य रोगका भाइरस संक्रमणहरुलाई टेवा पुर्याएको उहाँको भनाइ छ । अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायहरुले सक्रिय रुपमा लाग्नु पर्ने प्रजिअ अर्यालले बताउनुभयो । कोरोना विरुद्ध खोप लगाई सुरक्षित हुन उहाँले आग्रह समेत गर्नुभएको छ ।

खोप र प्रगति अवस्थाको आधारमा १२ वर्ष र सो भन्दा माथिका सबैलाई खोप प्रदान गर्ने गरी अभियान सञ्चालन गरिने छ । कार्यक्रममा दश वटै पालिकाका स्वास्थ्य संयोजक,

विद्यालयका प्रधानाध्यापक, तीन वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज