-ईसाझा न्यूज, जापान
नेपाली समाजलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्दै आएको राप्ती समाज जापानले राप्ती साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएन जापानका अध्यक्ष नवीन न्युरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रम राप्ती समाज जापानका अध्यक्ष पञ्चवीर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रममा विश्वेश्वर रेग्मी, रविन शर्मा, सरद पोखरेल, मौसम केसी लगायतले आआफ्नो रचना तथा मन्तव्य व्यक्त गरेको कुरा राप्ती समाज जापानका निवर्तमान अध्यक्ष मनराज विश्वकर्माले जानकारी गराउनुभयो।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव एमपी गैरेले गरेका थिए भने संस्थाका उपाध्यक्ष केशव भण्डारीको स्वागत मन्तव्य रहेको थियो।