रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट-२०२४ को च्यामपियन बनेको छ।
बार्बडसस्थित किंगस्टन ओभलमा भारतले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो। र उपाधि भारतलाई थमाइदियो।