कपिलबस्तु । कपिलबस्तुको यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नोट सहित तिन जना पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक हरि बहादुर वलीका अनुसार आठ हजार नेपाली नक्कली नोट सहीत तिन जनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ पर्नेमा यशोधरा गाँउपालिका ७ मर्यादपुर स्थित आनन्द मदिरा पसलका संचालक राम नरेन्द्र चौधरीका ५८ वर्षिय मनोज कुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगि कलवारको ३८ वर्षिय छोरा मयाराम गुप्ता र उनको श्रीमति ३६ वर्षिय उर्मिला गुप्ता रहेको उहाँले बताउनुभयो ।
मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा रहेको प्रहरीको भनाई छ । पक्राउ गरिएको तिनै जना माथि थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक वलीको भनाई छ ।
















































