साझा न्यूज । कपिलवस्तु
पछिल्ला वर्षहरुमा छठ पर्व समस्त हिन्दु धर्मावलम्वीहरुको साझा पर्वको रुपमा स्थापित भएको छ । एक दशक वर्ष अघि मिथिलान्चल क्षेत्रमा मात्र मनाईने छठ पर्व यस वर्ष अवध क्षेत्रमा पर्ने कपिलवस्तु जिल्लाका अधिकांश नदी किनारमा मनाईएको छ ।
जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, महाराजगंज, यशोधरा, वर्रोहिया, सेमरा, पकडी, चाकरचौडा लगायतका स्थानहरुमा छठ पर्व धुमधामका साथ मनाईएको छ ।
१ दशक वर्ष अघि मिथिला क्षेत्रबाट रोजगारीका सिलसिलामा तौलिहवा आएका मैथली समुदायका परिवारबाट यस क्षेत्रमा छठ पुजाको आरम्भ गरिएको हो ।
त्यस पछि यस क्षेत्रका अधिकांश मधेशी, पहाडी र मिथिलाबाट आएका मैथली सवै समुदायले साथ मिलेर पर्वलाई धुमधामका साथ मनाएका छन् ।
यसै गरी मायादेवी गाउंपालिकाको सेमरा गाउंमा पुर्व प्रदेश मन्त्री शुषमा यादवले पनि धुमधामका साथ सामुहिक रुपमा छठ पर्व मनाएकी छिन् ।
आफ्नो गाउंमा गाउंवासीहरुसंग विधिवत छठ पुजा गरेर उनी लगायत सेमरा गाउंका सर्वसाधारणले विधिवत रुपमा छठ पर्व मनाएका छन् ।
छठ पुजाको प्रसाद ग्रहण गर्न लुम्विनी प्रदेशका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता सहसराम यादव, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष रमेश मिश्रा, साझा न्यूजका सम्पादक गोपाल भण्डारी लगायतले मन्त्री शुषमा यादव र नेकपा माओवादी केन्द्रका नेता सहसराम यादवलाई भेटी छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
यसै गरी छठ पर्वका ब्रतालुहरुलाई तौलिहवा स्थित जमुवार नदी, रामघाट नदी लगायतका अन्य घाटहरुमा पुगेर नेपाली कांग्रेसका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य, प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, पुर्व संघीय मन्त्री बृजेश कुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल पर्वको शुभकामना व्यक्त गरेका थिए ।
पुजा विधि पुरा गरी शुद्ध मनले ब्रत बसे आफुले चिताएको मनोकामना पुरा हुने आफुहरुलाई विश्वास रहेको पुर्व प्रदेश मन्त्री शुषमाले बताईन् ।