Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

Author Avatar साझा न्यूज 22nd November 2024 , 2:09 PM
सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

तम्घास, मङ्सिर ७ गते । गुल्मीको धुर्कोट गाउँपालिका–२ पीपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुर्ख्याैली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कुल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिनेछन् । गतवर्ष उहाँले २६ टन सुन्तलाबाट रु. १३ लाख आम्दानी गर्नुभएको थियो ।

गतवर्ष उहाँले साना–ठूला गरी सबै दाना बगैंचाबाट नै प्रतिकेजी ५० मा बिक्री गर्नुभयो । यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत वर्षभन्दा बढी आम्दानी हुने उहाँ बताउनुहुन्छ । यस वर्ष पनि उहाँ सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । पेसाले शिक्षक रहनुभएका खनालले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गर्नुभएको छ । गतवर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उहाँले सिँचाइको लागि पोखरी निर्माण गरेका छन् । ‘सानैदेखि व्यावसायिक बन्ने सोच थियो ।’ उहाँले भन्नुभयो, “दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउँछु ।”

उहाँको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक वार्षिक तीन सय दिन रोजगारी  सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला किसान हुनुहुन्छ । उहाँले यस वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाउनुभयो । केही वर्ष पहिले आठसय बिरुवा लगाउनुभएको थियो । उहाँको पनि पुर्ख्याैली पेसा सुन्तला खेती भएकोले अहिले तीन सय ५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएका उहाँले सुन्तला रेखदेखका लागि एकजनालाई रोजगारी दिनुभएको छ । सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उहाँले बताउनुभयो । ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ ।’ उहाँले भन्नुभयो, “यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।” यसमा खर्च २० लाख कटाउँदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताउनुभयो ।

राजनीति गरेर मात्रै जीवन नचल्ने भएकोले आफूले पुर्ख्याैली पेसालाई व्यवसायीकरण गरेको बताउनुभयो । ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शङ्का गर्छन् ।” उहाँले भन्नुभयो, “कृषिसँगै जनसेवा गर्ने चाहना छ ।”

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तलाखेती गर्दै आउनुभएका केशव अहिले थप व्यावसायिक बन्नुभएको छ । गत वर्ष मात्रै उहाँले ९० क्विन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गर्नुभएको थियो । गतवर्ष उहाँको बगैँचाबाट प्रति केजी रु. ५५मा सुन्तला बिक्री भएको थियो । अहिले पनि उहाँको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिनेछन् । उहाँले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाउनुभएको छ ।

निकट भविष्यमा उहाँसँग भएका सबै बिरुवा फल्दा डेढसय क्विन्टलभन्दा बढी सुन्तला फल्छन् । यसबाट उहाँको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउँछौँ ।’उहाँले भन्नुभयो, “बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।”

चार करोडको सुन्तला निर्यात

पीपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आबद्ध छन् । पीपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ ।

उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारी बगैँचामै आउने गर्दछन् । पीपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । ‘सुन्तलाको बजारीकरणका लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भन्नुभयो, “पीपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।” गतवर्ष मात्रै पीपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज