Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा

Author Avatar साझा न्यूज 22nd November 2024 , 3:28 PM
जुम्लाका ८ वटै स्थानीय तह साक्षर घोषणा

जुम्ला, मङ्सिर ७ गते । जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिकामा साक्षर घोषणा गरिएको हो ।

बिहीबार गुठिचौर गाउँपालिकालाई एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गुठिचौर गाउँपालिका साक्षर गाउँपालिका घोषणा गर्नुभयो ।

स्थानीय सरकारका अनुसार साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पुरा भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । गुठिचौरमा १५ वर्षदेखि ६० वर्ष उमेरका ९५.७३ प्रतिशत साक्षरता भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सिंहमान रावतले जानकारी दिनुभयो । उहाँका अनुसार दस हजार ९ सय ४४ जनसङ्ख्यामा १५ देखि ६० वर्ष उमेर समूहका छ हजार ७ सय ९३ जनसङ्ख्या छ ।

यसअघि चन्दननाथ नगरपालिकासहित तिला, कनकासुन्दरी, हिमा, सिंजा, तातोपानी र पातारासी गाउँपालिका साक्षर गाउँपालिका घोषणा भइसकेका छन्। तिला गाउँपालिकामा ९५.४ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७ प्रतिशत, हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, सिंजामा ९६.५ प्रतिशत, चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत, तातोपानी गाउँपालिकामा ९५.७७ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ ।

तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर गाउँपालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार जुम्लाका स्थानीय तह साक्षर घोषणा गरिएका हुन् । कनकासुन्दरी गाउँपालिकामा कुल १३ हजार ६ सय २५ जनसंख्या रहेको गाउँपालिकामा ९७ प्रतिशत नागरिक साक्षर छन्।यता पातारासी गाउँपालिकामा १५ देखि ६० वर्षसम्मका १० हजार ४२ जनसङ्ख्या मध्ये ९५.२४ प्रतिशत नागरिक साक्षर छन् ।

यता चन्दनाथ नगरपालिकाको कुल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर तथ्याङ्क छ । सिंजा गाउँपालिकाले कुल जनसङ्ख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ।यस्तै हिमा गाउँपालिको कुल जनसङ्ख्या १२ हजार ८ सय ४ रहेकोमा १२ हजार २ सय २५ जना साक्षर छन् ।

हिमा गाउँपालिका का १ देखि ७ वडासम्म ९५.७२ प्रतिशत जनसङ्ख्या साक्षर रहेको गाउँपालिकाले साक्षर गाउँपालिका घोषणा गरेको छ ।  नेपाल सरकारको मापदण्ड अनुसार गाउँपालिका भित्र ९५ प्रतिशत नागरिक अनिवार्य  लेखपढ गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज