कपिलबस्तु, मंसिर १० गते । कपिलबस्तु प्रहरीले शिवराज नगरपालिका वडा नं. २ हल्लानगरबाट पाटेबाघको छाला सहित एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही बुटवल उप महानगरपालिका वडा न .५ गोलपार्क बस्ने ४१ व्र्षिय बिष्णु प्रसाद भट्टराईलाई करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बाहीर बरण्डामा शंकास्पद अवस्थामा उभिई रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले बताउनुभयो ।
बरामद बन्य जन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरको मोटरसाईकल सहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन बन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।
















































