साझा न्यूज । लुम्विनी
भैरहवा तौलिहवा सडक खण्डको लबनी नजिकै गुलरीमा आज विहान बस, कार र मोटरसाईकल ठोक्किदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ । लु २ ख २३१ नम्बरको बस, बा. १४ च ७४४८ नम्बरको कार र लु ३८ प ९१९९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका ११ जना घाईतेहरु मध्ये १ गम्भीर घाईते, २ जना मध्यम र ८ जना सामान्य रहेको जिल्ला टफिक प्रहरीका प्रमुख प्रहरी निरिक्षक पंकज चुदालीले बताए । दुर्घटनामा परी कारमा सवार थप १ जना गम्भीर घाईते रहेको र उनको भैरहवा स्थित मेडिकल कजेलमा उपचार भईरहेको छ ।
मृत्यु हुनेहरुमा गाडी चालक वाणगंगा नगरपालिका वडा नं. ४ का ४५ वर्षीय ईन्द्र बहादुर सार्की र सोही गाडीमा सवार प्युठान जिल्ला पकला गाउंपालिका वडा नं. ७ बस्ने ४३ वर्षीय भीम बहादुर सारु रहेको रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्द्र कार्कीले बताए ।
बस चालक कपिलवस्तु मायादेवी गाउंपालिका वडा नं. ४ बनकसियाका ३७ वर्षीय शुरेश धोवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विहान अधिक हुस्सु लागेको अवस्थामा एउटा सवारी साधनले अर्कोलाई बचाउन खोज्दा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने टफिक प्रहरी निरिक्षक पंकज चुदालीले बताए ।




















































