कपिलबस्तु, मंसिर २७ गते । खुशी जीवन नेपालद्वारा एकै दिन तीन स्थानमा सहयोग वितरण गरेको छ । नेपालद्वारा मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित हाम्रो सगरमाथा आधारभुत विद्यालय सिमानगर मा अध्यनरत अति विपन्न परिवारका विध्यार्थीलाई न्यानो स्वेटर तथा टोपी वितरण गरेको छ । खुशी जीवन नेपालले विगतमा पनि धेरै सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापकले बताउनु भयो ।
त्यस्तै संस्थाले दोस्रो कार्यक्रम अन्तरगत बुटवल उपमहानगरपालिका ११ देवीनगरको नेपाल अपाङ्ग आश्रममा न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । त्यस्तै बुटवल उपमहानगरपालिका ७ आम्दा टोलमा सम्पन्न गरेको हो । उक्त टोलमा आर्थिक रुपमा कमजोर तथा विपन्न परिवारका बालबालिकाहरुका लागि न्यानो लुगा वितरण गरेको हो ।
कार्यक्रममा संस्थाका केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्मा, कमला राई , संस्था का सचीव सुरेन्द्र चौधरी, सल्लाहकार ज्ञानु बिक,विवेक पौडेल ,बिना रावल तथा हसमुल्लाखान को उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा बोल्दै देश तथा विदेशमा रहने नेपालीहरु तथा आफ्नो व्यक्तिगत रुपमा खुशी जीवन नेपालले सहयोग कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनु भयो ।
सामाजिक सहयोग तथा सचेतना एक कार्यक्रम मात्र नभएर समाज सुधारको अभियान भएको कुरा बताउनुभयो । अभियानमा सहयोग गर्ने दाताहरुमा अमेरिकाबाट –राम खनाल , कमला फुयाल(खनाल ) , सुदर्शन खनाल, अनिस रिजाल , लक्ष्मीप्रसाद खनाल , हरि न्योपाने , श्रीमती रन्जना घिमिरे र अप्सरा घिमिरे तथा होङ्कोङबाट रत्ना थापा , जुनु गुरुङ र अनिता थापाको योगदान रहेको संस्थाका अध्यक्ष महेन्द्र विश्वकर्माले जानकारी दिनु भयो ।

















































